• ६ जेठ २०८१, आइतबार

मनसुन फेसन

blog

काठमाडौँ, जेठ ३१ गते । भनिन्छ वर्षायाममा फेसनेबल हुन गाह्रो हुन्छ । मौसमअनुसार आफूलाई फेसनमा ढाल्नु कठिन काम हो । तर फेसन विशेषज्ञहरूको भनाइ मान्ने हो भने प्रकृतिले मौसम भिन्न बनाएजस्तै हामीले लगाउने पोसाक पनि मौसमअनुसार भिन्न बनाउन सक्यौँ भने फेसनेबल बन्न सकिन्छ ।

मनसुनको आगमनसँगै फेसन पनि परिवर्तन हुन्छ । सामान्य दिनमा प्रयोग गरिरहेका लुगा र जुत्ता यस्तो बेला राम्रो नहुन सक्छन् । त्यसैले वर्षायामलाई लक्षित गरेर विभिन्न पहिरन, जुत्ता–चप्पल अन्य सामग्री बजारमा उपलब्ध हुन्छन् ।

मनसुनको समय गर्मीयाममै पर्ने भए पनि पानी पर्दा मौसम केही चिसो हुने भएकाले त्यहीअनुसारको लुगा छनोट गर्न‘पर्छ भन्नुहुन्छ फेसन डिजाइनर निलम गुरागाई । राम्रोसँग लुगालाई मिलाएर लगाउन जाने त्यसले व्यक्तित्व राम्रो बनाउँछ । ट्रेन्डको पछि लाग्नुभन्दा पनि आफ्नो शरीरमा मिल्ने खालको र शरीरलाई शीतलता र आनन्द प्रदान गर्ने लुगा छनोट गर्न‘पर्ने गुरुङको सुझाव छ । उहाँका अनुसार यो सिजनमा प्रिन्टेड लुगाको माग धेरै हुन्छ । महिलाको लुगामा प्रिन्टेड वान पिस, कटनका कुर्तासलवार बढी रोजाइमा पर्ने गर्छ । 

यस्तै पुरुषको पहिरनमा जिन्स र कटनका हाफ र फुल पाइन्ट, सर्ट, टिसर्ट तथा स्र्केचर्सका जुत्ता र फित्ता भएको चप्पलको बढी माग हुने गर्छ । गुरागाईले वर्षायाममा छाता अपरिहार्य हुने जानकारी दिनुभयो । पानी परिरहने भएकाले यसले भिज्नबाट जोगाउँछ, साथै गर्मी पनि हुने भएकाले त्यसबाट पनि बचाउन छाताले सहयोग गर्छ । छाता छनोट गर्दा पारदर्शी प्रकारको रोज्नु उपयुक्त हुने उहाँको अनुभव छ । 

अर्का फेसन डिजाइनर आस्तिक शेरचन मनसुनको समयमा शरीरलाई हलुका महसुस हुने र छिट्टै सुक्ने खालका पहिरन लगाउन सुझाव दिनुहुन्छ । पानी निरन्तर पर्ने हुनाले सुकिहाल्ने र चम्किलो रङका पहिरन छनोट गर्दा सहज हुनुका साथै फेसनेबल पनि देखिन्छ ।

विशेषगरी कटन र जर्र्जेेटका लुगा वर्षायामका लागि उपयुक्त हुने शेरचन बताउनुहुन्छ । त्यस्तै छिट्टै पानी सोस्ने र हाफ बाहुला भएका लुगा पहिरिनुपर्छ । उहाँले यो मौसनमा रबर र प्लास्टिकका जुत्ता–चप्पल प्रयोग गर्न‘ उपयुक्त हुन्छ । साथै अहिले बजारमा सुज कभर पनि पाइने भएकाले यसको प्रयोगले पनि जुत्ता चप्पल सुरक्षित बनाउन सकिन्छ ।

पानी पर्ने भएकाले यो समयमा छालाको तुलनामा कपडा तथा प्लास्टिकका जुत्ता, चप्पल, विभिन्न डिजाइनका चस्मा र रङ्गीविरङ्गी छाता खोज्दै आउने व्यापारीहरूको अनुभव छ । 

यस्तै ‘यूभी प्रोटेक्सन’ भएको चम्किलो चस्मा र मास्कको पनि प्रयोग गर्न‘ राम्रो हुन्छ । यो सिजनमा महिलाहरूले ब्याग बोक्दा ठूलोभन्दा सानो र चिटिक्क परेको ब्याग बोक्नु सहज हुन्छ । हलुका ब्यागलाई पानीबाट जोगाउन सजिलो हुन्छ । यस्तै ब्यागमा रुमाल पनि राख्नुपर्छ, जसले पानीमा भिजिहालियो भने सुख्खा बनाउन सहयोग पु-याउँछ ।

मनसुनका केही पहिरन

सर्टस् र स्कर्टस् : वर्षामा भुइँ छुने लामा पहिरन भिजेर मैला हुन्छन् । त्यसैले सर्ट्स र स्कर्टस् लगाउनु उपयुक्त हुन्छ । यी स्टाइलिस हुनुका साथै आरामदायी पनि मानिन्छन् । यिनलाई ट्याङ्क टप र लुज टिसर्टका साथ लगाउन सकिन्छ । 

निलेन्थ राम्पर्स :वर्षायाममा फुल लेन्थ लगाउनुभन्दा निलेन्थ लगाउनु उपयुक्त हुन्छ । सबैभन्दा राम्रो सर्ट राम्पर्स हुन्छ । भ्रमणमा पनि आरामदायी रहन्छ भने स्टाइलिस लुक पनि प्रदान गर्छ ।

वाटरप्रुफ ब्याग : ब्यागको आवश्यकता जुनसुकै मौसममा हुन्छ । वर्षामा रेगुलर ब्यागको साटो वाटरप्रुफ ब्याग प्रयोग गर्न‘पर्छ । उज्यालो रङका ब्याग सहज रूपमा उपलब्ध हुन्छन् ।