• २८ वैशाख २०८१, शुक्रबार

कान्छो सगरमाथा आरोही शम्भु तामाङ सिकिस्त

blog

क्यान्सर रोगबाट पीडित आरोही शम्भु तामाङ । तस्बिरः गोरखापत्र

काठमाडौं, जेठ २९ गते । सगरमाथाको पहिलो पटक सानै उमेरमा आरोहण गर्नुहुने कान्छो आरोही शम्भु तामाङ क्यान्सर रोगका कारण सिकिस्त अवस्थामा हुनुहुन्छ । सिन्धुपाल्चोक रिस्याङ्खु मूल घर भइ हाल महाराजगञ्ज काठमाडौंमा बसोबास गर्दै आएका तामाङ नेपाल क्यान्सर हस्पिटल, गोदावरी, ललितपुरमा भर्ना हुनुभएको छ ।  

१८ वर्षको उमेरमा विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरी विश्व रेकर्ड राखेर आरोही तामाङले नेपाललाई विश्वभर चिनाउनुभएको थियो । उहाँले सन् १९७३ मे ५ तारिखका दिन सगरमाथाको आरोहण गर्नुभएको थियो । त्यसबेला उहाँको १७ वर्ष ६ महिना १५ दिन उमेर रहेको थियो । तामाङ रिमठीम पर्यटन सञ्जालका अध्यक्ष अम्बर बम्जन तामाङले आरोही तामाङको उपचारमा राज्यले सहयोग गर्नुपर्ने माग गर्नुभएको छ ।