गोरखापत्र समाचारदाता
भक्तपुर, जेठ १ गते । ‘जेसुम यात्रा’ नामक अभियानको पछिल्लो श्रृङ्खला भक्तपुरस्थित मध्यपुर थिमीमा सम्पन्न भएको छ । मध्यपुर थिमीस्थित शङखधर साख्वा चोकमा भेला भएका साहित्यकार, लेखक, पत्रकार र चित्रकारहरूको समुहले मल्कालीन बालकुमारी मन्दिर, लोकेश्वर, लायकु दरबार, गङ्गा महारानीको पालामा निर्मित निगूपुखू (दुई पोखरी), दिगु भैरव, सिद्धिकाली, चापाचो अवलोकन गरेको थियो ।
बुढानिलकण्ठ नगरपालिका उपमेयर अनिता लामाले समाज, राष्ट्र र राष्ट्रिय संस्कृतिलाई चिन्न जेसुम यात्रालाई निरन्तरता दिइरहेको बताउनुभयो । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले थिमीको सांस्कृतिक सम्पदामाथि अनुभव मिसाउँदै कविता सुनाउनुभएको थियो ।