• १३ असोज २०८१, आइतबार

स्याङ्जाको गल्याङमा ८० घरधुरी पहिरोको उच्च जोखिममा

blog

अर्जुन काफ्ले/स्याङ्जा समाचारदाता
स्याङ्जा, जेठ २६ गते ।
गल्याङ नगरपालिका–३ लल्याङमा करिब ८० घर धुरी रहेको बस्ती पहिरोका कारण उच्च जोखिममा परेको छ ।

गल्याङमा विगत १० वर्षदेखि निरन्तर गइरहेको पहिरोले पछिल्लो समय सिङ्गो गाउँ नै उच्च जोखिममा परेको हो ।

पहिरोको जोखिमका कारण ८० घरधुरीका चार सय नागरिक विस्तापित हुने अवस्थामा पुगेको स्थायिन गोपालप्रसाद भट्राईले बताउनुभयो ।

बुटवल पावर कम्पनी(बीपीसी) ले खनेको सुरुङका कारणमाथि रहेको गाउँ पहिलादेखि नै अधिकांश घर चर्किएको भट्टराईको भनाइ छ ।

पहिरोका करण बस्तीको वरिपरि रहेका खेतमा ठूल्ठूला धाँजा फाटेको वडाध्यक्ष कृष्णप्रसाद भट्टराई बताउनुहुन्छ ।

दुबैतिरबाट खोला रहेको र भूबनोट कमजोर रहेकाले बस्तीभन्दा तलको जमिन भासिँदा पहिरो जाने खतरा बढेका कारण स्थानीयवासी त्रासमा बस्न बाध्यता भएको भट्टराईको भनाइ छ ।

यद्यपि, नगरपालिकार र प्रदेश सरकारको सहकार्यमा दश लाख बजेटबाट पहिरो नियन्त्रणका लागि तटबन्धनकाे काम अगाडि बढाएइएको छ ।