• १७ वैशाख २०८२, बुधबार

टेनिस तदर्थ समितिको संयोजकमा मुल

blog

काठमाडौँ, वैशाख १७ गते । मनोहरदास मुलको संयोयकत्वमा २३ सदस्यीय नेपाल टेनिस सङ्घ, तदर्थ समिति गठन गरिएको छ । मुल अघिल्लो कार्यसमितिमा महासचिव हुनुहुन्थ्यो । 

बाँकी २२ जना सदस्य रहेका छन् । सदस्यहरूमा निरेशबहादुर श्रेष्ठ, दिनेश तुलाधर, विनोद कायश्थ, राजु श्रेष्ठ, अजय विष्ट, जयजिव हाडा, गोपाल ज्ञवाली, गोपाल मानन्धर, गौरी श्रेष्ठ, विष्णुबहादुर थापा, रोविन प्रधान, राजन भट्टराई, गोकुल श्रेष्ठ, गौतमकुमार चौधरी, सुन्दर केसी, कमलबहादुर भट्टराई, नमिता चौधरी, महेश्वर चौधरी, दिनेश श्रेष्ठ, अमृत मानन्धर, मुकुन्द सेन र अशोक गुरुङ चयन हुनुभयो । 

समितिले तीन महिना भित्र राष्ट्रिय खेलकुद परिषद्को स्वीकृतिमा साधारण सभा तथा निर्वाचन सम्पन्न गर्नेु पर्ने छ ।