• २० असार २०८१, बिहिबार

नापीका सर्वेक्षक र अमिनविरुद्ध भ्रष्टाचारको मुद्दा

blog

गोरखापत्र अनलाइन

काठमाडौं, जेठ २३ गते । आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौंमा दुई जनामाथि भ्रष्टाचार मुद्दा दायर गरेको छ । नापी कार्यालय, चावहिल, बुढानिलकण्ठमा कार्यरत सर्भेक्षक बिनोद केसी र अमिन प्रकाश राज भट्टले जग्गाको हालसाविक गर्ने क्रममा सेवाग्राहीसँग एक लाख रुपियाँ घुस माग गरेको अभियोगमा आयोगले उहाँहरुमाथि आरोपपत्र दायर गरेको हो । 

नापी कार्यालयमा प्राप्त सूचना र उजुरी निवेदनका आधारमा आयोगको टंगालबाट खटेको टोलीले उहाँहरुलाई सेवाग्राहीबाट घुस लिसकेको अवस्थामा गत चैत २२ गते नियन्त्रणमा लिएको थियो । 

अनुसन्धानको सिलसिलामा ती दुबैको मिलेमतोमा जग्गा हालसाविक गर्ने कार्यका लागि सेवाग्राहीसँग घुस माग गरेको पुष्टि भएपछि उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० को कसुर भएकाले दुबै जनामाथि बिगो एक लाख रुपियाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० र दफा ३ को उपदफा ९१० को देहाय ९ग० बमोजिम जरिवाना तथा कैद सजायको माग गरी आरोपपत्र दायर गरिएको आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।