• ४ साउन २०८१, शुक्रबार

एकीकृत समाजवादीले राष्ट्रिय अभिमुखीकरण कार्यक्रम गर्ने

blog

फाइल तस्बिर

काठमाडौं, जेठ २२ गते। नेकपा (एकीकृत समाजवादी) ले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई लक्षित गरी राष्ट्रिय अभिमुखीकरण कार्यक्रम आयोजना गर्दैछ।

शनिबारदेखि जारी  केन्द्रीय सचिवालयको २६ औं बैठकले असार ४  र ५ गते काठमाडौंमा सो कार्यक्रम गर्ने निर्णय गरेको उपमहासचिव एवम् केन्द्रीय कार्यालय सचिव डा. गंगालाल तुलाधरले जानकारी दिनुभयो।  बैठक आइतबार साँझ सम्पन्न भएको छ।

यसैगरी, हालै सम्पन्न स्थानीय निर्वाचनमा पार्टी र गठबन्धनको भूमिकाबारे समीक्षा प्रतिवेदन तयार गर्न प्रदेशगतरुपमा जिम्मेवारी बाँडफाँड गरिएको छ।

जसका लागि, प्रदेश १ मा जयन्ती राई, मधेश प्रदेशमा रामचन्द्र झा, बागमतीमा गंगालाल तुलाधर, गण्डकीमा प्रमेश हमाल, लुम्बिनीमा विजय पौडेल, कर्णालीमा प्रकाश ज्वाला र सुदूरपश्चिमका लागि वेदुराम भुषाललाई  जिम्मेवारी प्रदान गरिएको छ।

प्रतिवेदन तयार गरेर स्थायी कमिटीमा पेश गर्नेगरी सो निर्णय गरिएको तुलाधरले बताउनुभयो।