• ३ साउन २०८१, बिहिबार

भलिबल संघको निर्वाचन तयारी

blog

भलिबल संघको पूर्ण वैठकमा सहभागि संघका पदाधिकारीहरु ।

काठमाडौं, जेठ २२ गते । नेपाल भलिबल संघले आफ्नो निर्वाचन प्रक्रिया असार १० गतेबाट सुरु गर्ने भएको छ । संघको पोखरामा शनिबार अबेर सम्पन्न कार्यसमितिकै पूर्ण बैठकले असार १० गतेसम्म जिल्ला र प्रदेशको निर्वाचन सम्पन्न गर्ने निर्णय गरेको हो । 

बैठकले निर्वाचनका लागि केन्द्रीय प्रतिनिधि समेत तोकेको छ । जसमा १ नम्बर प्रदेश संयोजकमा मदन खड्का, मधेस प्रदेशमा उपेन्द्र यादव, बाग्मती प्रदेशमा कुमार राज सुबेदी, गण्डकीमा याम गुरुङ, लुम्बिनीमा निरोज मास्के, कर्णालीमा ऐन बहादुर शाही र सुदूरपश्चिमको संयोजकमा हरक सिंह धामीलाई तोकिएको छ । 

संघले जिल्ला र प्रदेश समितिबाट छनोट भएका प्रतिनिधिको नाम असार १५ गतेसम्म राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई बुझाउने, खेलकुद ऐन २०७७ र संघको बिधानलाई टेकेर निर्वाचन प्रक्रिया अगाडि बढाउने, पूर्व अध्यक्ष गगाबहादुर थापाको नेतृत्वमा तीन सदस्यीय संघको बिधान मस्यौदा समिति गठन, बैठकले महासचिव र कोषाध्यक्षको प्रतिवेदनलाई सुझावसहित केन्द्रीय अधिवेशनमा लग्ने र साउथ एशियाली महिला भलिबलको तयारी सुरु गर्ने निर्णय पनि गरेको छ । संघले केन्द्रीय निर्वाचनको मिति भने पछि तोक्ने जनाएको छ ।