महेशकुमार दास
जलेश्वर, माघ २५ गते । आगलागी र गर्मीबाट सर्वसाधारणको जिउज्यान तथा जनधनको क्षतिबाट जोगाउन स्थानीय निकाय तथा सरोकारवाला निकायलाई पूर्व तयारी अहिलेदेखि नै थालि सक्ने विपद् व्यवस्थापन समिति महोत्तरीले निर्णय गरेको छ ।
जिल्ला विपद् व्यवस्थापन समिति महोत्तरीको बैठकबाट आउँदो फागुनदेखि हावाहुरी सुरु हुने, अत्यधिक गर्मी हुने र सो समयमा आगलागी लगायतको घटनाबाट जनधनको क्षति हुनसक्ने सम्भावित घटनालाई केन्द्रित गरी महोत्तरीका सबै स्थानीयतहलाई अहिलेदेखि नै पूूर्व तयारी थालि सक्नुपर्ने निर्णय गरिएको समितिका अध्यक्ष समेत रहनु भएका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले बताउनु भएको छ ।
‘माघ सके लगतै फाल्गुनदेखि हावाहुरी र गर्मी बढ्ने भएकोले वर्षेनि महोत्तरीमा जनधनको क्षति हुँदै आएको छ,’ प्रजिअ कवारीले भन्नुभयो, सर्वसाधारणको जिउज्यान र धनमालको सुरक्षाको लागि पूर्व तयारी आवश्यक देखेर सवै सरोकारवाल निकायहरुसँग छलफल गरेका छौं । सो छलफलबाट पूर्व तयारी अहिल्यैदेखि शुरु गरि हाल्नु पर्ने निष्कर्षमा हामी पुगेका छौं । ’
पूर्वतयारीको लागि आगलागिबाट जोगिन जनचेतना फैलाउने, आगलागि भइ सकेको अवस्थामा आगो निभाउन सामग्री प्रत्येक पालिकाको वडा स्तरममै व्यवस्था गरेर राख्नु पर्ने र एक अर्का पालिकासँग समन्वय गरेर वारुण यन्त्र नरेको पालिकाहरुलाई पनि एक आपसमा सहयोग गर्न वातवरण निमार्ण गर्ने छलफल भएको प्रजिय कवारीले जानकारी दिनु भयो ।
यसैगरि आगलागि लगायतका भवित्वय न्युनिकरण गर्न २४ घण्टा फोेन सम्पर्क हुने व्यवस्था मिलाउन समेत स्थानिय निकायहरुलाई आग्रह गरिएको छ । जिल्ला वन कार्यालयले वन क्षेत्रमा लाग्ने डढेलो र आगलागि नियन्त्रण गर्न आफनो गतिविधि तिव्र पार्ने, विद्युत प्राधिकरणले विद्युत सर्ट सर्किटबाट हुन सक्ने आगलागि न्युनिकरणका लागि पहल गर्ने, प्रादेशिक स्पताल जलेश्वरलाई औषधी उपचारको व्यवस्था तम्तयार अवस्थामा राख्ने निर्णय भएको हो ।
त्यसैगरि गैर सरकारी संस्थाहरुलाई राहत र उद्दार कार्य गर्दा एकद्वार प्रणाली अपनाएर गर्नु पर्ने र आगलागि लगायतका घटनाबाट बच्ने सामग्रीहरु तत्कालै व्यवस्था गरेर सम्बन्धित सरोकारबाला निकायहरुलाई उपलब्ध गराउने गरि वैठकमा छलफल भएको हो ।
कृषि र पशु क्षेत्रमा तर्फ हुने सक्ने सम्भावित क्षतिको कार्यालयहरुले जिम्मेवार भएर काम गर्न गराउन निष्कर्ष वैठकबाट निकालिएको हो । यसका साथै गर्मी शुरु भए लगतै जिल्लाको दक्षिणी क्षेत्रमा खानेपानीको हाहाकार हुन सक्न अवस्थालाई ध्यानमा राखि सर्वसधारणलाई खानेपानिको सहज पहँच प¥याउन स्थानिय निकाय र खानेपानी संस्थानलाई व्यवस्था मिलाउने काममा पनि तदारुक्त देखाउन आग्रह गरिएको छ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना राष्ट्रिय अनुसन्धान लगायत सुरक्षा निकायहरुलाई पनि तालिम प्राप्त सुरक्षा दस्तालाई चुस्त दुरुस्त अवस्थामा तयारी अवस्थामा राख्ने भैपरि आएको बखत तत्कालै परिचालन गर्ने गरिर व्यवस्था मिलाउने निष्कर्ष वैठकमा निकालिएको छ ।
विपद्को वैठकमा नेपाली सेनाको जिल्ला प्रहरी कार्यालय महोत्तरी राष्ट्रिय अनुसन्धान स्थानिय निकाय प्रमुखहरु, राजनीतिक दलका प्रतिनिधिहरु, सरोकारवाला सरकारी कार्यालयका प्रमुखहरुको सहभागिता रहेको थियो ।