पुरुषोत्तम सुबेदी
पश्चिम नवलपरासी, ६ कात्तिक । लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगरले नेपालीहरूको दोस्रो ठूलो राष्ट्रिय पर्व तिहार (दीपावली) २०८२ को पावन अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण लुम्बिनी प्रदेशवासीमा सुख, शान्ति, सु–स्वास्थ्य, दीर्घायु एवं समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
बिहीबार जारी गर्नुभएको शुभकामना सन्देशमा सभामुख घर्ती मगरले तिहारले नेपाली मानव सभ्यताकै सांस्कृतिक र परम्परागत पक्ष बोक्नुका साथै विभिन्न पशुपंक्षी र वनस्पतिलाई समेत प्रकृतिको रूपमा जोडेर मनाइने भएकाले यो पर्व आफैंमा विशेष महत्त्वको रहेको बताउनुभएको छ ।
पर्वको धार्मिक र सांस्कृतिक महत्त्व
कात्तिक कृष्ण पक्ष त्रयोदशीका दिनदेखि पाँच दिनसम्म मनाइने यस पर्वलाई ‘यमपञ्चक’ पनि भनिन्छ । उहाँले तिहारमा काग, कुकुर, गाईतिहार÷लक्ष्मी पूजा, गोवर्धन पूजा र भाइटीका जस्ता पर्वहरू मनाइने उल्लेख गर्नुभएको छ । विशेषगरी, अन्तिम दिन मनाइने भाइटीकाले दाजुभाइ र दिदीबहिनीका बिचमा रहेको आपसी स्नेहलाई थप प्रगाढ बनाउन मद्दत पु¥याउने विश्वास उहाँले व्यक्त गर्नुभएको छ ।
सामाजिक सद्भाव र राष्ट्रिय एकता
सभामुख घर्ती मगरले यस पर्वको अभिन्न अङ्गको रूपमा रहेको मौलिक साँस्कृतिक परम्पराले साँस्कृतिक पक्षको प्रबर्धन, संरक्षण र आपसी मेलमिलाप, भ्रातृत्व, सामाजिक सद्भाव र सहिष्णुतालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभएको छ ।
उहाँले फरक भौगोलिक, धार्मिक र साँस्कृतिक लगायतका विविधतालाई सामाजिक सद्भाव, राष्ट्रिय एकता र नेपालीको पहिचानको सूत्रमा एकाबद्धता जनाउन तिहारले महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभएको छ । साथै, सामाजिक, साँस्कृतिक तथा पारिवारिक सद्भावको पर्व तिहारले सम्पूर्ण नेपालीहरू बिच आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई अझ सुदृढ बनाउन मद्दत पुर्याउने विश्वास व्यक्त गर्नुभएको छ ।
अन्तमा, सभामुख घर्ती मगरले हाम्रा संस्कार र सभ्यताको साक्षीको रूपमा रहेको तिहार पर्व र यस पर्वमा चालिने क्रियाकलापको उज्यालोले सम्पूर्ण नेपालीहरूको सुख र समृद्धिको रूपमा पुनःस्थापित गर्न सकोस् भन्दै पर्वको पावन अवसरमा सबैमा शुभकामना व्यक्त गर्नुभएको छ ।