गोरखापत्र समाचारदाता
काठमाडौँ, पुस १८ गते । दक्षिण एसियाली दोस्रो अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी–२०८१ काठमाडौँको भृकुटीमण्डपमा बुधबारदेखि सुरु भएको छ । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घ र र करेन्ट मिडिया एन्ड रिसर्च सेन्टरले संयुक्त रूपमा आयोजना गरेको प्रदर्शनीमा पुस्तक र शैक्षिक सामग्रीका १५० स्टल रहेको महासङ्घका अध्यक्ष शिव सागरले जानकारी दिनुभयो ।
पठन संस्कृतिको विकासका लागि भन्दै गरिएको आयोजित प्रदर्शनीमा भारत, चीन, श्रीलङ्का, बङ्गलादेश, जिम्बाव्बे, थाइल्यान्ड, क्यानडालगायत १३ देशका प्रकाशक सहभागी भएको सागरले जानकारी दिनुभयो । प्रदर्शनी पुस २१ गतेसम्म चल्ने छ ।