• २९ मंसिर २०८१, शनिबार

एनपिएलः पोखराद्वारा काठमाडौं सामु १३९ रनको लक्ष्य प्रस्तुत

blog

काठमाडौं, मङ्सिर २९ गते । नेपाल प्रिमियर लिग (एनपिएल)को शनिबार भएको पहिलो खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गुर्खाज सामु जितका लागि एक सय ३९ रनको लक्ष्य प्रस्तुत गरेको छ । 

त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ३८ रन बनाएको हो ।

पोखराका लागि रेमन रेफरले ३० बलमा तीन छक्का र एक चौकाको मद्दतले ४१ रन बनाउनुभयो । यस्तै, दिनेश खरेलले ३८ र दिलीप नाथले २७ रन बाहेक अन्य खेलाडीले दोहोरो अङ्कको रन जोड्न सक्नुभएनन् । उसका लागि गोमेलले आठ, कप्तान कुशल भुर्तेलले सात, विपीन खत्रीले चार, सागर ढकाल र माइकल लीस्कले समान एक/एक रन जोड्नुभयो । पोखराले अतिरिक्त ११ रन प्राप्त गर्नुभयो ।

काठमाडौंका लागि कप्तान करण केसी र रासिद खानले समान तीन/तीन विकेट लिनुभयो । यस्तै, गेर्हार्ड इरास्मस र माइकल लेविटले एक/एक विकेट लिनुभयो । अहिले काठमाडौंले जवाफी ब्याटिङ गरिरहेको छ । रासस