• ११ पुस २०८१, बिहिबार

गढीमा नेपाली काँग्रेसका तेतर साह विजयी

blog

जयकृष्ण यादव 

इनरुवा , मङ्सिर १७ गते । सुनसरीको गढी गाउँपालिका वार्ड नं ६ को वडाध्यक्षमा रुख छाप भएको नेपाली काँग्रेसका तेतर साहुले ८१६ मत प्राप्त गरी विजयी हुनु भएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी हसिया हथौडा छाप भएको नेकपा माओवादी केन्द्रका उम्मेदवार कुशेश्वर खेरवारले ७९४ मत पाउनु भएको छ ।

नेकपा एमालेको तर्फबाट २०७९ सालमा निर्वाचित वडा अध्यक्ष सदानन्द उराँवको निधन भएकोले रिक्त भएको गढी ६ मा उपनिर्वाचनमा भने सूर्य छापबाट नेकपा एमालेका उम्मेदवार सन्तु उरांवले ७७० मत प्राप्त गर्नुभएको छ।   त्यसै गरी चुनाव चिन्ह हल्लो भएको राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कविता उराँवले ८४ मत प्राप्त गर्नुभएको छ ।  त्यसै गरी पीद भएको खुकुरी ४, ढकिया नागरिक उन्मुक्ति पार्टीका तर्फबाट तेजनारायण मुसहरले २,  राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल चुनाव चिन्ह तिर भएको बचालाल अर्गरियाले ४ मत रहनुभएको छ। 

त्यसै गरी त्यसै गरी चुनाव चिन्ह भित्ते घडी रहेको समावेशी समाजवादी पार्टी नेपालका तर्फबाट योगनारायण ऋषिदेवले ७ प्राप्त  रहनुभएको छ। त्यसै गरी दापसहितको खुकुरी भएको सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका उम्मेदवार राजो देवी ऋषिदेव ७ मत प्राप्त गर्नुभएको छ। त्यसै गरी अर्ना स्वतन्त्र चुनाव चिन्ह भएको रामनारायण यादवले १ मत प्राप्त गर्नुभएको छ। त्यसै गरी राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन घण्टीबाट शशी कुमार साहूले १८ मत र जनमत पार्टीको लाउड स्पिकर चुनाव चिन्हबाट सिताराम यादवले १० मत प्राप्त  गर्नुभएको छ। त्यसै गरी हात निकालेको स्वतन्त्र उम्मेदवार श्यामदेव मेहताले १ मत भएको छ । बदर मत ६७ रहेको छ ।