• १३ साउन २०८१, आइतबार

रौतहटको छ वटा नगरपालिकामा पुनः मतदान सुरु

blog

रौतहटको ६ वटा नगरपालिकामा बुधबार मतदान सुरु । तस्विरः यादवराज पुरी

रौतहट, जेठ ४ गते । रौतहटको ६ वटा नगरपालिकामा बुधबार मतदान सुरु भएको छ । वैशाख ३० गतेको निर्वाचनमा उत्पन्न विवाद, मतपेटिकामा आगजनी तथा लुटपाटको घटनाले स्थगन भएको निर्वाचन आज पुनः सुरु भएको हो । 

जिल्ला निर्वाचन कार्यालयले जनाए अनुसार जिल्लाको गरुडा, फतुवा विजयपुर, यमुनामाई, देवाहीगोनाही, बौधिमाई र गढीमाई नगरपालिकामा मतदान हुँदै छ । मतदान केन्द्रमा ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ । प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले सुरक्षा व्यवस्था कडा बनाइएकोले निर्धक्क भई मतदान गर्न मतदातालाई अनुरोध गर्नुभएको छ । 

जिल्लाको ६ वटा नगरपालिकाको ११ मतदानस्थलका २४ मतदान केन्द्रमा मतदान भइरहेको छ ।

Author

यादवराज पुरी