• २८ वैशाख २०८१, शुक्रबार

लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर)

blog

१. नइ प्रकाशनले २०७८ सालको ‘नइ देरुनीख अन्तर्राष्ट्रिय पुरस्कार’ कसलाई प्रदान ग-यो ?

मोहन सिटौला (पुरस्कार राशिः रु.२ लाख)

(नइ गणेश दुर्गा अन्तर्राष्ट्रिय पुरस्कार (राशि : रु. १ लाख) भारत आसामका छविलाल उपाध्यायलाई प्रदान गरिएको ।)

 २. बुद्ध जयन्तीको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा नेपालको औपचारिक भ्रमण कहिले भएको हो ?

वि.सं. २०७९ जेठ २ (सन् २०२२ मे १६)

३. उत्तम शान्ति पुरस्कार –२०७८ कसलाई प्रदान गरियो ?

सत्यमोहन जोशी र गिरीश गिरी (संयुक्त रूपमा)

(उत्तम कुँवर स्मारक पुरस्कार गुठीले आख्यानमुक्त गद्यकृतिलाई २०४४ सालदेखि नै यो पुरस्कार प्रदान गर्दै आएको ।)

४. २५ फिट अग्लो ढुङ्गाको बुद्धमूर्ति कहाँ निर्माण गरिएको छ ?

हेटौंडास्थित गुम्बाडाँडा

बौद्ध धर्मगुरु लोमसाङ नांगेलद्वारा  सो मूर्ति अनावरण (२०७९ वैशाखमा) गरिएको ।

ललितपुरको बालकुमारीका मूर्तिकार अमर शाक्य र नवीन शाक्यले बुद्धमूर्ति कुँद्नुभएको ।

२०६९ सालमा त्यहाँ आयोजना गरिएको अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशालामा कुँदिएका मूर्तिहरू त्यहाँ रहेका । नेपाल  र अन्य पाँच देशका २३ मूर्तिकारले कुँदेका २३ प्रकारका मूर्ति गुम्बाडाँडामा सजाइएको ।

गुम्बाडाँडा हेटांैडा बजारबाट करिब १७ किलोमिटर पूर्व दक्षिणमा पर्ने ।

पछिल्लो समय यो ठाउँ आन्तरिक र बाह्य पर्यटकको आकर्षक स्थल बन्दै गएको ।

५. वि.सं. २०७९ वैशाखमा सम्पन्न विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्डवाट सम्मानित हुने कलाकार को हुन् ?

गीतकार विश्ववल्लभ (पुरस्कार राशिः रु.१ लाख) 

(गायिका तारा थापा विन्ध्यवासिनी साधना सम्मान पुरस्कार राशी ःरु. ५० हजार) बाट सम्मानित भएकी ।)

६. नेपालमा पहिलो स्थानीय तह निर्वाचन कहिले भएको थियो ?

वि.सं. २००४ जेठ २९

म्युनिसिपालिटी गोश्वाराले काठमाडौँ म्युनिसिपालिटीको निर्वाचन सम्पन्न गरेको थियो ।

त्यो बेला उम्मेदवार छान्दा २५ वर्ष पुगेका लोग्नेमानिसलाई मात्र छान्ने र सो छान्ने मानिसहरूमा पनि २१ वर्ष नाघिसकेका लोग्नेमानिसहरूले मात्र भोट गर्न पाउने प्रावधान रहेको ।

७. सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था परीक्षणका रूपमा कहिलेदेखि कार्यान्वयनमा ल्याएको हो ?

वि.सं. २०७९ जेठ १

यो बिदा लागू भएसँगै सोमबारदेखि शुक्रबारसम्म कार्यालय समय बिहान साढे ९ बजेदेखि बेलुका साढे ५ बजेसम्म हुने ।

कात्तिक १६ देखि माघ १५ गतेसम्म कार्यालय समय बिहान साढे ९ बजेदेखि अपरान्ह् साढे ४ बजेसम्म हुने ।

दशैँ र तिहारका सार्वजनिक बिदावाहेक अन्य बिदा लगातार दुई दिनभन्दा बढी भएमा सार्वजनिक सेवा प्रवाह गर्ने संस्थामा भने तेस्रो दिनदेखि गृह मन्त्रालयले निर्धारण गरे अनुुसार सेवा प्रवाह गराउनुपर्ने राजपत्रमा उल्लेख गरिएको । सार्वजनिक संस्थामा सेवा प्रवाह गर्ने कर्मचारीले सट्टा बिदा पाउने । सार्वजनिक सेवा प्रवाह गर्ने संस्थामा अस्पताल, स्वास्थ्यचौकी, रोपवे, टेलिफोन, प्रहरी, विद्युत्, खानेपानी, अध्यागमनलगायतका रहेका ।

८. ‘०’ डिग्री देशान्तर रेखालाई प्रधान मध्याह्न रेखा भनिन्छ भने ‘०’ डिग्री अक्षांश रेखालाई के भनिन्छ ?

भूमध्ये रेखा

९. नेपालमा कृषक परिचयपत्र वितरण गर्ने कार्य कुन जिल्लाबाट सुरु गरिएको हो ?

बाग्लुङ

१०. नेपालमा हाल लागू राष्ट्रिय खनिज नीति कुन हो ?

राष्ट्रिय खनिज नीति, २०७४ 

१. राष्ट्रिय कलाश्री सम्मान –२०७८ कसलाई प्रदान गरियो ?

साहित्यसाधक परशु प्रधान 

राष्ट्रिय कलाश्री पुरस्कार शब्दशिल्पी मञ्जु काँचुलीलाई प्रदान गरिएको ।

ससिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कार स्रष्टा एवं अनुवादक केशव सिग्देललाई प्रदान गरिएको ।

बद्री राष्ट्रिय कलाश्री पत्रकारिता पुरस्कार साहित्यकार एवं कलाकार धीरेन्द्र प्रेमर्षि, थिरछाया  राष्ट्रिय कलाश्री ललितकला पुरस्कार मूकर्तिकार ओम के.सी., पद्मनेत्र राष्ट्रिय कलाश्री पुरस्कार गायक शिव परियारलाई प्रदान गरिएको ।

१२. वेदव्यासको जन्मस्थल एवं तपोभूमि दमौली (तनहुँ) हो भने पाणिनि ऋषिको जन्मस्थल कहाँ हो ?

पणेना (अर्घाखाँची) 

१३. भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक उद्घाटन कहिले गरिएको हो ?

वि.सं. २०७९ जेठ २

काठमाडौँबाट गएको नेपाल वायुसेवा निगमको न्यारो बडी (३२०) को विमानलाई स्वागत गरी प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा औपचारिक रूपमा विमानस्थलको उद्घाटन गरिएको ।

औपचारिक उद्घाटन भएसँगै राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको यो विमानस्थल विधिवत् सञ्चालनमा आएको ।

बुद्धजयन्तीका अवसरमा उद्घाटन गरिएको यस विमानस्थललाई लुम्बिनी प्रदेशसहित देशकै समृद्धिको ढोकाका रूपमा हेरिएको ।

तीन हजार मिटर लम्बाइ र ६० मिटर चौडाइको धावनमार्ग रहेको यो विमानस्थल तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने सुरुवाती लक्ष्यअनुसार तत्कालीन प्र.म. सुशील कोइरालाद्वारा २०७१ सालमा शिलान्यास गरिएको थियो । 

२०७२/७३  देखि निर्माण सुरु भएको यो विमानस्थल एसियाली विकास बैङ्कको सहुलियतपूर्ण ऋणमा करिब ३१ अर्ब लागतमा निर्माण सम्पन्न भएको ।

विमानस्थल औपचारिक रूपमा सञ्चालनमा आएसँगै इन्स्ट्रमेन्टल ल्याण्डिङ सिस्टमजडित  यो विमानस्थलमा अब त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलमा अवतरण हुन नसकेका जहाजसमेत अवतरण हुनसक्ने । त्यस्तै, रनवेलगायतका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन नसकेका जहाजले नेपालबाहिर डाइभर्ट हुनुपर्ने अवस्थाको समेत 

अन्त्य भएको ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार हाल काठमाडौँमा जहाज अवतरणका लागि ११ किलोमिटर भिजिबिलिटी आवश्यक पर्नेमा यो विमानस्थलमा ६ किलोमिटर भिजिबिलिटी भए पनि जहाज सहजै अवतरण हुनसक्ने ।

हाललाई विमानस्थल सञ्चालन नागरिक उड्डयन प्राधिकरण आफंैले गर्नेछ भने ग्राउन्ड ह्यान्डलिङको जिम्मेवारी नेपाल वायुसेवा निगमले गर्ने ।

यस विमानस्थलमा पहिलो व्यावसायिक उडान नेपाल वायुसेवा निगमको न्यारो बडी ३२० ले गरेको ।

यसअघि २०७९ वैशाख १५ गते निगमको वाइड बडी (३३०) विमानले परीक्षण उडान गरेको ।

१४. संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्व शान्ति स्थापनाका लागि शान्ति सैनिक पठाउने राष्ट्रहरूको सूचीमा नेपाल कतिऔँ स्थानमा छ ?

दोस्रो 

१५. राष्ट्रिय कविता महोत्सव–२०७८ मा प्रथम स्थान हासिल गर्न सफल कवि स्रष्टा को हुन् ?

कविता राई (कविताः देशको नक्सा)

१६. त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रविधिमार्फत यात्रुलाई सेवा दिने ‘रोबोट सेवा’ को उद्घाटन कहिले गरियो ?

वि.सं. २०७६ फागुन ८

 १७. लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान कहिलेदेखि सुरु भएको हो ?

सन् १९९१

१८. तेस्रो राष्ट्रिय लघुवित्त सम्मेलन कहाँ सम्पन्न भएको हो ?

काठमाडौँ

सम्मेलनले ११ बुँदे घोषणापत्र जारी गरेको ।

सम्मेलनले  तीन मुख्य समस्या गरिबी, बेरोजगारी र वातावरणीय प्रतिकूल परिस्थितिको दुष्प्रभावलाई न्यूनीकरण गर्दै अगाडि बढ्ने सङ्कल्प गरेको ।

१९. नेपालमा डिजिटल भिसा प्रणलीको सुरुवात कहिलेदेखि भएको हो ?

वि.सं. २०७८ असार १४

२०. हाल नेपालको भन्सार प्रशासनमा आसिकुडा प्रविधिको कुन भर्सन प्रचलनमा छ ?

आसिकुडा वर्ड

२१. आसिकुडा प्रविधिको पछिल्लो भर्सन ‘आसिकुडा वर्ड’ को सुरुवात कुन भन्सार कार्यालयबाट कार्यान्वयनमा ल्याइएको हो ?

मेची भन्सार कार्यालय

२२. नेपालमा व्यक्तिगत घटना दर्तालाई कहिलेसम्ममा शतप्रतिशत बनाउने उद्देश्य राखिएको छ ?

सन् २०२४ 

२३. भारतको मोख्खो इन्टरनेशनल फिल्म अवार्ड–२०२२ बाट सम्मानित नेपाली वृत्तचित्र कुन हो ?

जोगी द गड अफ नाइट 

दक्षिण भारतको पुडुचेरीमा आयोजित मोख्खो इन्टरनेसनल फिल्म फस्टिभलमा जोगी द गड नाइट उत्कृष्ट डकुमेन्ट्री सर्ट फिल्म बन्न सफल भएको ।

यस्तै, भुटानको ड्रक इन्टरनेशनल फिल्म फेस्टिभलमा उक्त वृत्तचित्रले आउटस्ट्याण्डिङ अचिभमेन्ट अवार्ड जितेको ।

यसअघि पनि नेपालमा आयोजना भएको काठमाडौँ सर्ट फिल्म फेस्टा तथा सोसल मिडिया फिल्म अवार्डमा सो वृत्तचित्र उत्कृष्ट वृत्तचित्र बनेको । 

पूर्वी नेपाललगायत देशका विभिन्न स्थानमा फेरीप्रथा अझै पनि चलिआएको । जोगी जातका पुरुषले साउन, कात्तिक र चैतमा विभिन्न गाउँमा गई रातको समयमा घरघरमा पुगी शङ्ख बजाएर फेरी लगाउने गरेका ।  

२४. मानव विकास सूचकाङ्कको प्रतिपादन कसले गरेका हुन् ?

अर्थशास्त्री महबुब उलहक

२५. आयुर्वेदका प्रवर्तक को हुन ?

धन्वन्तरि 

नेपालमा कात्तिक कृष्ण त्रयोदशीका दिन धन्वन्तरि जयन्ती मनाउने गरिएको ।

वि.सं. २०५६ देखि धन्वन्तरि जयन्तीलाई राष्ट्रिय आरोग्य दिवसका रूपमा पनि मनाउने गरिएको । 

२६. आयुर्वेद कुन वेदको उपवेद हो ?

अथर्ववेद 

२७. प्रोटोकल १८ केसँग सम्बन्धित छ ?

मानव अधिकार

२८. कुन भाषालाई ताजपुरी भाषा पनि भनिन्छ ?

राजवंशी 

२९. नेपालमा पहिलोपल्ट सरकारी तवरबाट राष्ट्रिय प्राकृतिक चिकित्सा दिवस कहिले मनाइयो ?

वि.सं. २०७५ असार २०

(‘नसर्ने रोगमा प्राकृतिक चिकित्सा’ भन्ने मूल नारासहित पहिलोपटक सो दिवस मनाइएको ।)

३०. आन्तरिक राजस्व विभागले स्थायी लेखा नम्बर (पान) वितरणमा बायोमेट्रिक प्रणाली पहिलो चरणमा कहाँ लागू गरेको हो ?

काठमाडौँ उपत्यका 

प्रस्तुतकर्ता : टङ्क के.सी.