• ७ वैशाख २०८१, शुक्रबार

एमालेले संसद् अवरोध नगर्ने

blog

मंगलबारको प्रतिनिधिसभा बैठकमा धारणा राख्नुहुँदै नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवाली । तस्बिरः केशब गुरुङ

काठमाडौं, जेठ ३ गते। प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले संसद्को अवरोध हटाएको छ।  यसअघि पटक–पटक संसद् अवरोध गर्दै आएको नेकपा (एमाले)ले मङ्गलबारको प्रतिनिधिसभाको बजेट अविधेशनमा एमालेले अवरोध नगरेको हो। 

सभामुख अग्निप्रसाद सापकोटासँग समय लिएर बोल्नुहुँदै एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले अबदेखि सदन अवरोध नगर्ने बताउनुभएको हो। उहाँले विरोधको स्वरुपलाई परिवर्तन गर्ने बताउनुभएको छ।

 यसअघि एमालेले कारबाही गरेका १४ सांसद्‍माथि कारबाहीको सूचना सभामुखले टाँस नगरेको भन्दै संसद् अवरोध गर्दै आएको थियो।

‘अदालतले कारबाही नगरे पनि भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा जनताले उचित ढङ्गले फैसला गरेका छन् भन्ने लाग्छ,’’ उहाँले भन्नुभयो, ‘‘विभाजनका कारकको परीणामलाई हामीले हेरिरहेका छौं।’’

एमालेका उपाध्यक्ष ज्ञवालीले मुलुकको अर्थतन्त्र सङ्कटमा रहेको र यसबारे संसद्‍मा छलफल हुनुपर्ने भएकाले पनि संसद् अवरोध अन्त्य गर्ने निर्णयमा पुगेको बताउनुभयो।