• १३ वैशाख २०८१, बिहिबार

कैलालीमा पहिलो महिला वडा अध्यक्ष

blog

वडा अध्यक्षमा निर्वाचित रेणुकुमारी चौधरी । तस्बिर : गोरखापत्र

अविनाश चौधरी

धनगढी, जेठ ३ गते । स्थानीय तहको निर्वाचनमा कैलालीमा पहिलो महिला वडाध्यक्ष निर्वाचित हुनुभएको छ । नागरिक उन्मुक्ति पार्टीबाट जोशीपुर गाउँपालिका–३ को वडाध्यक्षमा रेणुकुमारी चौधरीले आफ्नो प्यानलसहित निर्वाचित हुन भएको हो । उहाँ कैलालीमा यस पटक वडा अध्यक्षमा निर्वाचित पहिलो महिला हुनुहुन्छ । उहाँले ६१५ मत प्राप्त गर्नुभयो । 

नेपाली काँग्रेसका उम्मेदवार किशोरकुमार कठरियालाई २२ मतले पराजित गरेर चौधरी वडाध्यक्षमा निर्वाचित हुनु भएको हो । पराजित कठरियाले ५९३ मत प्राप्त गर्नुभयो । खुला सदस्यमा फूलमती डङ्गौरा, दलित महिला सदस्यमा शीतल श्रेष्ठ विक, खुल्ला सदस्यमा राजेश चौधरी र ज्ञानुप्रसाद चौधरी विजयी हुनुभयो ।