• ७ वैशाख २०८१, शुक्रबार

बढेर आयो पेट्रोल र डिजलको मूल्य

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, जेठ ३ गते । पेट्रोलियम पदार्थको मूल्य फेरि बढेर आएको छ । इन्डियन आयल कर्पाेरेसन (आईओसी)ले सोमबार (मे १६)मा पठाएको नयाँ मूल्यअनुसार डिजल र पेट्रोलको मूल्य बढेर आएको हो ।  

नेपाल आयल निगमका अनुसार पेट्रोल प्रतिलिटर आठ रुपियाँ र डिजल तीन रुपियाँ ८६ पैसा मूल्य बढेर आएको छ । नयाँ मूल्य सूचीअनुसार अब पेट्रोल लिटरमा २२ रुपियाँ ९४ पैसा र डिजलमा ३५ रुपियाँ ३३ पैसा घाटा हुनेछ । नयाँ मूल्यअनुसार पेट्रोलको खरिद मूल्य १९२ रुपियाँ ९४ पैसा र डिजेल/मट्टीतेलको खरिद मूल्य १८८ रुपियाँ ३३ पैसा पुगेको छ । नयाँ मूल्य बढेर आए पनि स्थानीय बजारमा भने मूल्य बढाएको छैन । पेट्रोलको बजार मूल्य भने १७० र डिजल/मट्टीतेल १५३ रुपियाँ छ ।  

निगम प्रवक्ता विनीतमणि उपाध्यायले मूल्य बढेर आएकाले तेल खरिद गरेको रकम भुक्तानी गर्न नसक्ने अवस्थामा पुगेको बताउनुभयो । दोस्रो किस्ताबापत आगामी मे २३ मा थप १८ अर्ब रकम भुक्तानी गर्न‘पर्ने जटिल परिस्थितिमा रकमको जोहो गरी आपूर्ति सहज गर्न चुनौती रहेको उहाँले बताउनुभयो ।