• १४ वैशाख २०८१, शुक्रबार

अछामको तुर्माखाँद गाउँपालिकामा एमाले विजयी

blog

अछामको तुर्माखाँद गाउँपालिकामा विजयी डम्बर वीसी । तस्बिर : गोरखापत्र

शिवराज ढुङ्गाना 

अछाम, जेठ ३ गते ।  पूर्वी अछामको तुर्माखाँद गाउँपालिकामा नेकपा (एमाले) का उम्मेदवार डम्बर बीसी अध्यक्षमा र विमला शाही उपाध्यक्षमा विजयी हुनुभएको छ । मङ्गलबार सार्वजनिक गरिएको मतपरिणाम अनुसार काँग्रेसका उम्मेदवारभन्दा ३० मतको अन्तरमा विजयी हुनुभएको हो । 

बीसीले तीनहजार ५२३ मत र कांग्रेसका उम्मेदवार कर्णबहादुर बुढाले तीनहजार ४९३ मत प्राप्त गर्नुभएको छ । अध्यक्षमै माओवादी केन्द्रमा मनबहादुर वयकले तीनहजार ९१ मत प्राप्त गर्नुभयो ।उपाध्यक्षमा एमालेका विमला शाहीले ४९ मतान्तारमा विजयी हुनुभएको छ ।

शाहीले तीन हजार पाँच सय एक मत र काँग्रेसका अनुजा सिजापतिले तीनहजार चारसय ५२ मत पाएकी छन् । उपाध्यक्षमा माओवादी केन्द्रका पवित्रा उपाध्यायले तीनहजार १५५ मत प्राप्त गर्नुभएको छ ।  स्थानीय तह निर्वाचन २०७४ मा तुर्माखाँद गाउँपालिकामा नेपाली काँग्रेसले अध्यक्ष र उपाध्यक्षमा विजयी भएको थियो ।