• १३ वैशाख २०८१, बिहिबार

'नेपाल ट्यालेन्ट हन्ट'को डिजिटल अडिसन सुरु

blog

काठमाडौं, जेठ २ गते । नयाँ टेलिभिजन रियालिटी सो 'ट्यालेन्ट हन्ट' को अडिसन सुरु भएको छ । निर्माण संस्था साइना साहारा ग्रुपले अडिसन खुला गरेको हो ।

निर्माता टेकप्रसाद बाँस्तोलाले मुलुकका धेरै प्रतिभालाई एउटै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यले रियालिटी सो निर्माण हुन लागेको बताउनुभयो । गायन, नृत्य, अभिनय, कमेडी विधाका प्रतिभाले प्रतिस्पर्धा गर्नसक्ने यो सोमा विजयी हुनेले ५० लाख रुपैयाँ नगद प्राप्त गर्ने बताइएको छ ।

कार्यक्रमकाे निर्णायकमा गौरी मल्ल, रमेश उप्रेती, निशा अधिकारी र यम बराल छन् । अडिसनमा भाग लिन चाहनेले १५ सेकेन्डदेखि ३ मिनेटसम्मको भिडियो बनाइ पठाउनुपर्ने भएको छ । असोजमा विजेता छनौट हुने आयोजकले जनाएको छ ।