• ४ जेठ २०८१, शुक्रबार

कनकासुन्दरी अध्यक्षमा कांग्रेसका दामोदर आचार्य, उपाध्यक्ष प्रेमकली बुढा विजयी

blog

नेत्र शाही

जुम्ला,  जेठ २ गते । जुम्लाको कनकासुन्दरी गाउँपालिकामा नेपाली कांग्रेसका अध्यक्ष दामोदर आचार्य बिजयी हुनु भएको छ । उपाध्यक्षमा नेपाली कांग्रेसकै प्रेमकली बुढा बिजयी हुनु भएको हो । 

अध्यक्ष आचार्यले दुई हजार ८ सय ६  मत प्राप्त  गर्नु भएको छ भने उपाध्यक्ष बुढाले दुई हजार तिनसय ८० मत प्राप्त गर्नु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रत्यासी नेकपा माओवादीका धनबहादुर रावत दुई हजार पाँचसय ६२ र उपाध्यक्ष रिता खत्रीले एक हजार नौसय ४५ मत प्राप्त गर्नुभएको छ । 

कनकासुन्दरीमा २०७४ सालमा पनि कांगेका अध्यक्ष नरविर रावत र उपाध्यक्ष उर्मिला भण्डारी बिजयी भएका थिए । जिल्ला निर्वाचन कार्यालयका अनुसार कनकासुन्दरी गाउँपालिकामा ७०४३ मत खसेको थियो ।