• ५ वैशाख २०८१, बुधबार

विजय उत्सव मनाउन सुरु

blog

भोटराज राई

उदयपुर, जेठ २ गते । उदयपुरमा मगगणनाको अन्तिम परिणाध धमाधम आउन थालेपछि विजय उत्सवको लहर बढेको छ । आठ स्थानीय तह मध्ये एउटा पालिका र विभिन्न वडाहरुको अन्तिम मत परिणाम सार्बजनिक भएसँगै विजय जुलुस, सभा, र्यालीको सुरुवात भएको लिम्चुङबुङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर राईले बताउनुभयो । 

लिम्चुङबुङ गाउँपालिकामा गठबन्धनको तर्फबाट जीत भएको छ । सो पालिकाको अध्यक्षमा गठबन्धनतर्फको नेकपा (माओवादी केन्द्र) का मेजरकुमार राई, उपाध्यक्षमा गठबन्धनकै नेपाली काङ्ग्रेसका पुष्पलाल राई, १ नं. वडाध्यक्षमा जनदिप मगर, २ नं. मा जितेन राई, ३ नं. गुरुमणी कुमाई, ४ नं. मा क्षत्र राई र ५ नं. मा बसन्त राईको विजय हाँसिल भएको छ । उपाध्यक्षसहित चार वडाको नेतृत्व गठबन्धनको र एक वडाको नेतृत्व स्वतन्त्रले पाएको हो । सो पालिकामा विजय उत्सव मनाइएको छ । वडावडामा विजय उत्सव कार्यक्रम आज राखिएको छ । 

गणना भइरहेका नगरपालिकाहरु बेलका, चौदण्डीगढी तथा गाउँपालिकाहरु ताप्ली, उदयपुरगढी, रौतामाईका विभिन्न वडाको जीतमा विजय उत्सव मनाइदैछ । जनताले पाँचवर्षको विकासको बाटो कोर्नका लागि चुनेको जनप्रतिनिधिको विजयको खुसीयालीमा फुलमाला, अबिरले सजाउने गरेका छन् । हालसम्म २० वटा जति वडाहरुको अन्तिम परिणाम आइसकेको छ । वडा नेतृत्वमा गठबन्धनको अग्रस्थान रहेको छ ।