• १३ साउन २०८१, आइतबार

स्याङ्जाको कालीगण्डकीमा थापा अध्यक्षमा निर्वाचित

blog

राधाकृष्ण डुम्रे 

वालिङ, जेठ २ गते । स्याङ्जाको कालीगण्डकीमा एमालेले जितेको छ । कालीगण्डकीमा एमालेले अध्यक्ष र उपाध्यक्ष नै जितेको हो । अध्यक्षका उमेदवार खिम थापाले ६ हजार ७ सय मतसहित बिजयी हुनुभएको हो । थापाले गठबंधनका उमेदवार माया रानालाई पराजित गर्दै बिजयी हुनुभएको हो ।

उपबिजेता रानाले ५ हजार ५५ मत ल्याउनु भएको छ । थापा र रानाको मतान्तर १६४५ रहेको छ । त्यस्तै उपाध्यक्षमा एमालेकै उम्मेदवार साबित्रा कोईरालाले निर्वाचित हुनु भएको छ । कोईरालाले ६ हजार २२३ मत ल्याउदा उहाँका प्रतिस्पर्धी गठबंधनका जनमुक्तिका बम लामिछानेले ४ हजार ८३० मत ल्याउनुभएको छ ।

उहाँहरुको मतान्तर १ हजार ३९३ रहेको छ । वडा रहेको कालीगण्डकीमा १, ३, ६ मा एमालेकाे र २, ४, ५,७ मा काँग्रेसले जितेको छ ।