• ७ वैशाख २०८१, शुक्रबार

२५६६ औँ बुद्ध जयन्ती

२५६६ औँ बुद्ध जयन्ती भव्य रूपमा मनाइयाे (फाेटाे फिचर)

blog

काठमाडौं, जेठ २ गते । विश्वशान्तिका अग्रदूत गौतम बुद्धको २५६६ औँ जन्म जयन्ती नेपाललगायत विश्वभर धुमधामका साथ मनाइएको छ ।

नेपालको लुम्बिनी प्रदेशको लुम्बिनीस्थित तिलाराकोटको राजदरबारमा आजभन्दा २५६६ वर्षअघि  राजा शुद्धोधन र रानी मायादेवीको एक्लो सन्तानको रुपमा जन्म भएको हो ।

‘एसियाको तारा’को उपनामले चिनिनुहुने बुद्धले २९ वर्ष पिताद्वारा प्रदत्त राजसी सुखमा बिताउनुभएको थियो । 

संसारमा व्याप्त दुःखको कारण र त्यसको निवारण के होला भनी उहाँ राजकुमार रहे पनि सँधै चिन्तित रहनुहुन्थ्यो ।

सिद्धार्थ बुद्धको कथा अनुसार उहाँको पूर्वजन्ममा बोधिसत्व भएकाले दुःखको कारण र दुःखको निवारण भारतका विभिन्न ठाउँमा सात वर्षसम्म कष्टकर तपस्या गर्दै हिँड्नुभयो । 

भारतको बोधगया भन्ने ठाउँमा एक पिपलको वृक्ष मुनि अधिष्ठानपूर्वक ध्यान गर्दा गर्दै उहाँलाई सम्यकसम्बोधि (ज्ञान) प्राप्त भयो ।


Author
केशब गुरुङ

केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।