• ६ जेठ २०८१, आइतबार

मुसिकोटको तीन वडामा काँग्रेस विजयी

blog

मुसिकोट १ मा नेपाली काँग्रेसद्वारा निकालिएको विजय उत्सव । तस्बिर : राजु लामिछाने

मुसीकोट समाचारदाता  

रुकुम पश्चिम, जेठ १ गते । रुकुम पश्चिमको मुसीकोटमा तीन वटा वडाको मतगणना सम्पन्न भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार नगरपालिकाको वडा नम्बर १, २ र ३ मा नेपाली काँग्रेसले विजय हासिल गरेको हाे । 

मुसिकोट नगरपालिका १ को वडा अध्यक्षमा नेपाली काँग्रेसका ज्ञानु चन्द ९०२ मतसहित विजयी हुनुभएको छ । उहाँले नेकपा माओवादी केन्द्रका डम्बर थापालाई २९ मत अन्तरले पराजित गर्नुभएको हो । 

यस्तै, सदस्यहरुमा पनि काँग्रेस–एमाले गठबन्धनका अन्जना केसी डिसी, धनमाया नेपाली, चोपबहादुर खत्री र माओवादी केन्द्रका तर्फबाट वडा सदस्यमा गणेश हमाल निर्वाचित हुनुभएको छ ।

नगरपालिकाको वडा नम्बर २ मा पनि नेपाली काँग्रेस-एमाले गठबन्धन विजयी भएको छ । गठबन्धनबाट काँग्रेसका दिनेश खड्का विजयी हुनुभएको हो । उहाँ ६२८ मतसहित विजयी हुँदा उहाँका प्रतिद्वन्द्वी माओवादी-नेकपा यस गठबन्धनका दलबहादुर खड्काले ४०७ मत ल्याउनुभएको छ । 

वडा सदस्यहरुमा नेपाली काँग्रेसका भवानी शर्मा, कमला ददेल, रेशम खड्का र गोपाल खड्का विजयी हुनुभएको छ ।

त्यसैगरी, नगरपालिकाको वडा नम्बर ३ मा पनि नेपाली काँग्रेसको टिम विजयी भएको छ । वडा अध्यक्षमा नेपाली काँग्रेसका दशरथ केसी ४०८सहित विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। उहाँका प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका लोकबहादुर कामीले २२४ मत प्राप्त गर्नुभएको छ ।