• १५ जेठ २०८१, मङ्गलबार

वडा अध्यक्षमा दुुई माओवादी र एक जना स्वतन्त्र बिजयी

blog

राजन रावत

हुुम्ला, जेठ १ गते । सिमकोट र सर्केगार्ड गाउँपालिकामा नेकपा माओवादी केन्द्रका दुई र एक जना चङ्खेली गाउँपालिकाबाट स्वतन्त्र उम्मेदवार वडा अध्यक्षमा विजयी हुनुुभएको छ । आइतबार दिउँसो भएको अन्तिम मतगणनाको परिणामअनुुसार उहाँहरु निर्वाचित हुनुुभएको हो ।

मुुख्य निर्वाचन अधिकृत जगतबहादुुर पौडेलले सिमकोट गाउँपालिका–३ को वडा अध्यक्षमा माओवादी केन्द्रका पामा लामा निर्वाचित भएको बताउनुुभयो । उहाँले ३५४ मत ल्याएर विजयी हुनुुभयो । उहाँका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका इन्द्र लामाले ३२५ मत ल्याउनुुभयो । 

सो वडामा महिला सदस्यमा भने काँग्रेसले जितेको छ भने बाँकी तीन सदस्य माओवादी केन्द्रले जितेको छ । त्यसैगरी सर्केगार्ड गाउँपालिकाका सहायक निर्वाचन अधिकृत मोहन गिरिले वडा ८ को वडा अध्यक्षमा गठबन्धन दलका तर्फबाट माओवादी केन्द्रका रंगमल रोकाया विजयी हुनुुभएको बताउनुुभयो । 

चारसय मत ल्याएर उहाँ विजयी हुनुुभएको हो । उहाँको प्रतिद्वन्द्वी माओवादीका लालधन बुढाले १७२ मत ल्याउनुुभएको थियो । सो वडामा तीन जना सदस्य गठबन्धनबाट निर्वाचित हुनुुभएको छ भने एक जना सदस्य माओवादीबाट निर्वाचित हुनुुभएको छ । 

त्यसैगरी चङ्खेली गाउँपालिका–५ को स्वतन्त्र उम्मेदवार विजयी हुनुुभएको छ । यसरी स्वतन्त्रबाट विजयी हुनेमा हर्कधन तामाङ रहनुुभएको छ । उहाँ ९५ मत ल्याएर विजयी हुनुुभयो । उहाँको प्रतिद्वन्द्वी माओवादी केन्द्रका प्रेमबहादुुर लामा रहनुुभएको छ । सो वडामा १९५ मत  थियो ।