शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं, जेठ १ गते। काठमाडौंको बूढानीलकण्ठ नगरपालिका– ३ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार आकाश धिताल विजयी हुनुभएको छ। उहाँ खानेपानीको धारा चुनाव चिह्नमा चुनाव लड्नुभएको थियो।
धितालका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका राजेन्द्र खड्काले ४७४ मत प्राप्त गर्नुभएको छ। यसैगरी, नेपाली काँग्रेसका नवराज भण्डारीको ३२१, नेकपा (एकीकृत समाजवादी)का रवि श्रेष्ठको २७४, नेकपा (माओवादी केन्द्र) का लक्ष्मण भण्डारीको २९ मत परेको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अशोक जि.सी. ले ८३ मत प्राप्त गर्नुभएको छ। निर्वाचन अधिकृत कार्यालयका अनुसार सो वडाको महिला सदस्यमा काँग्रेसका बालमाया श्रेष्ठ विजयी हुनुभएको छ।
दलित महिला सदस्यमा नेकपा (एमाले) का सुशीला रम्तेल र सदस्यमा एमालेका विक्रमराज श्रेष्ठ र विकास तामाङ लामा निर्वाचित हुनुभएको छ।

गोरखापत्र
Gorkhapatra...