• १३ साउन २०८१, आइतबार

सिन्धुलीमा १६ वडाको मत परिणाम सार्वजनिक

blog

सिन्धुलीको गोलन्जोर गाँउपालिका-२ मा नेपाली काँग्रेसबाट निर्वाचित वडा अध्यक्ष लगायतको टिम । तस्बिर : बाबुराम देवकोटा, सिन्धुली ।

सिन्धुली समाचतारदाता

सिन्धुलीमाढी, जेठ १ गते । सिन्धुलीमा ७९ वडामध्ये १६ वटा वडाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । अन्तिम मत परिणाम अनुसार नेकपा (माओवादी केन्द्र)ले ९ वटा वडा, नेपाली काँग्रेसले ५ वटा वडा र नेकपा एमालेले दुई वटा वडामा जित हात पारेको हाे । 

नेकपा माओवादी केन्द्रले मरिण गाउँपालिकामा १, २, ३, हरिहरपुरगढी गाँउपालिका १, गोलन्जोर गाउँपालिका १, घ्याङलेख गाउँपालिका १ र ५, दुधौली नगरपालिका १३ र फिक्कल गाउँपालिका १ मा जित हात पारेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

नेपाली काँग्रेसले हरिहरपुरगढी गाउँपालिका २, तीनपाटन गाँउपालिका २, १०, ११ र गोलन्जोर गाँउपालिका २ मा विजयी हासिल गरेको हाे । 

निर्वाचन अधिकृतको कार्यालले जनाए अनुसार नेकपा एमालेले पनि कमलामाई नगरपालिका ३ र तीनपाटन गाउँपालिका १ मा जित हात पारेको छ ।