• १४ असार २०८१, शुक्रबार

सुनकोशी–१ मा गठबन्धनको प्यानल विजयी

blog

गठबन्धनको वडा अध्यक्षका उम्मेदवार प्रकाश सापकोटा । तस्बिर : गोरखापत्र

शेरबहादुर राई 

ओखलढुङ्गा, जेठ १ गते । सुनकोशी गाउँपालिका–१ ओखलढुङ्गामा गठबन्धनका उम्मेदवार विजयी हुनुभएको छ । गठबन्धनको वडा अध्यक्षका उम्मेदवार प्रकाश सापकोटाको प्यानल विजयी भएको हो । 

सापकोटा नेपाली काँग्रेसको तर्फबाट वडा अध्यक्षका उम्मेदवार बन्नुभएको थियो । नेकपा एमालेको तर्फबाट वडा अध्यक्षका उम्मेदवार बन्नुभएका सहदेव गिरीलाई दुई सय ९९ मतले पछि पार्दै सापकोटा वडा अध्यक्षमा विजयी हुनुभएको हो । सापकोटाले ६ सय ५० र गिरीले तीन सय ५१ मत प्राप्त गर्नुभएको छ । 

स्वतन्त्र तर्फका वडा अध्यक्षका उम्मेदवार दुर्गाहरी राईले १०० मत प्राप्त गर्नुभएको छ । खुला सदस्य नेपाली कांग्रेसका ढुण्डीराज पहाडी, माओवादी केन्द्रका दुर्योधन राई, महिला सदस्य जमुना घिमिरे र दलित महिला सदस्यमा भिममाया विक विजयी हुनुभएको छ ।