• ५ कात्तिक २०८१, सोमबार

पुरुष मृत फेला

blog

अनिल पराजुली
हेटौँडा, कात्तिक ५ गते ।
मकवानपुरको कैलाशमा एकजना पुरुष मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मकवानपुरको कैलाश गाउँपालिका–३ फास्टर बस्ने ४६ वर्षीय ठुलोकान्छा चेपाङ मृत फेला पर्नुभएको हो ।

कात्तिक ३ गते शनिबार बेलुका चेपाङ स्थानिय गाउँमा घेवामा गई घेवाँ कार्यक्रम पश्चात घर आउने क्रममा सम्पर्कविहीन हुनुभएको थियो । सम्पर्कविहीन हुनुभएका चेपाङको खोजी गर्ने क्रममा कत्तिक ४ गते आइतबार फास्टरस्थित कालीखोलामा मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ ।

मनहरीबाट खटिएको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धान तथा घटनास्थलमा मुचुल्का तयार गरेको छ । चेपाङको शवलाई हेटौँडा अस्पतालमा ल्याइ शव गृहमा राखिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिनुभयो ।