• ५ कात्तिक २०८१, सोमबार

इजिप्ट मलेरियामुक्त भएको डब्ल्यूएचओको पुष्टि

blog

इजिप्टले प्राप्त गर्‍यो मलेरिया उन्मूलनको प्रमाणपत्र ।

इजिप्ट, कात्तिक ५ गते । इजिप्टले मलेरिया उन्मूलनको प्रमाणपत्र प्राप्त गरेको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले आइतबार इजिप्टलाई मलेरियामुक्त भएको आधिकारिक मान्यता दिएको हो ।

सम्मेलनको क्रममा एक भिडियो भाषणमा डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोमले इजिप्टलाई यो उपलब्धिमा पुग्नका लागि बधा दिनुभयो । जसले हेपाटाइटिस सी उन्मूलनमा देशको सफलतापछि अर्को कोसेढुङ्गाको प्रतिनिधित्व गर्दछ ।

मलेरिया लामखुट्टेको टोकाइबाट सर्ने रोग हो । डब्ल्यूएचओका अनुसार तुतानखामुन र अन्य ममीहरूमा पाइने आनुवंशिक प्रमाणका साथ इजिप्टमा लगभग चार हजार ईसापूर्वदेखि मलेरिया छ । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल