• ५ कात्तिक २०८१, सोमबार

लमजुङका भेषबहादुर पौडेल गण्डकीमा वनमन्त्री बन्दै

blog

भेषबहादुर पौडेल । तस्बिर : सन्तोष सुवेदी

सन्तोष सुवेदी
कास्की, कात्तिक ५ गते ।
 गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले वन तथा वातावरण मन्त्रालयमा लमजुङका भेषबहादुर पौडेललाई जिम्मेवारी दिन लाग्नुभएको छ ।

लामो समयदेखि रिक्त रहेको मन्त्रालयमा पौडेललाई सोमबार नियुक्त गर्न लाग्नुभएको हो । योसँगै गण्डकी सरकारले पूर्णता पाएको पाउने छ ।

भौतिक मन्त्रालयबाट राजीव गुरुङ उर्फ दीपक मनाङेलाई वन मन्त्रालयको जिम्मेवारीमा सारेपछि उहाँले तत्कालै राजीनामा दिनुभएको थियो । भागबन्डा मिलाउन सात बाट मन्त्रालय फुटाएर नौ बनाएपछि कांग्रेसको भागमा परेको पाँच मन्त्रालयभित्रबाट भदौ १७ गते मुख्यमन्त्री पाण्डेले मनाङेलाई मन्त्रीमा निरन्तरता दिनुभएको थियो ।