गोरखापत्र समाचारदाता
काठमाडौँ,जेठ १ गते । चलचित्र ‘हनी बनी’मा बलिउड अभिनेता अभिमन्यु तोमार अनुबन्धित हुनुभएको छ । दिवाकर भट्टराईले निर्देशन गर्न‘भएको चलचित्रमा पहिला अनमोल केसीलाई अनुबन्धन गरिएको थियो तर केसीले चलचित्र छाडेपछि निर्माण युनिटले अभिमन्यु लिएको हो । तोमारले बलिउडका थुप्रै म्युजिक भिडियोमा अभिनय गर्न‘भएको छ ।चलचित्रमा तोमारसँगै जसिता गुरुङ पनि देखिने हुनुभएको छ । चलचित्रमा नायक सलोन बस्नेतलाई पनि मुख्य भूमिकामा देख्न सकिनेछ । चलचित्रको छायाङ्कन पुरुषोत्तम प्रधानले गर्दै हुनुहुन्छ ।