• १६ चैत २०८०, शुक्रबार

दोषीलाई कारवाही र पीडितलाई क्षतिपूर्तिको निर्णय

blog

भोटराज राई

उदयपुर, वैशाख ३१ गते । मतदानका दिन शुक्रबार उदयपुरको कटारी नगरपालिका–१० मा एक जनाको ज्यान जानेगरी फायर खोल्ने प्रहरीमाथि छानबिन गरी दोषीलाई निलम्बनसहितको कारवाही अगाडि बढाउने भएको छ । 

घटनाको विषयलाई लिएर कटारीमा शनिबार भएको सर्वपक्षीय, सर्वदलीय बैठकले यस्तो निर्णय गरेको हो । गोली लागेर शुक्रबार स्थानीय बीरबहादुर कटुवालको मृत्यु भएको थियो । स्थानीय मोहनबहादुर श्रेष्ठ घाइते हुनुभएको थियो । 

घटनामा सुरक्षाकर्मीसमेत घाइते भएका थिए । घटनाको छानबिन गर्न छानबिन आयोग बनाउने र दोषीलाई कारबाही प्रकृया अघि बटाउन गृहमन्त्रालयलाई लेखी पठाउने निर्णय भएको छ । सहायक प्रमुख जिल्ला अधिकारी विनोद पोखरेलका अनुसार मृतकलाई सहिद घोषणा गर्न र उनको परिवारलाई उचित क्षतिपूर्ती उपलब्ध गराउन सम्बन्धित निकायमा लेखी पठाउने निर्णय भएको हो ।