• ११ वैशाख २०८१, मङ्गलबार

कांग्रेस गाउँपालिका अध्यक्ष उम्मेदवारकै वडामा माओवादी प्यानल विजयी

blog

प्रतीक इच्छुक शर्मा

सल्यान, वैशाख ३१ गते । कुमाख गाउँपालिका वडा नं. १ मा माओवादी केन्द्रका डिल्ली राना विजयी हुनु भएको छ । रानाले ६०८ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेस–एमाले गठबन्धनको तर्फबाट कांग्रेस उम्मेदवार प्रेमबहादुर बुढाथोकीले ४८० मत प्राप्त गर्नुभएको हो ।

महिला वडा सदस्य, दलित महिला वडा सदस्य र खुला दुई सदस्यमा पनि माओवादी केन्द्रकै उम्मेदवार विजयी भएका छन् ।

कांग्रेस–एमाले गठबन्धनको तर्फबाट गाउँपालिका अध्यक्षको उम्मेदवार रहेका मानबहादुर बुढाथोकीकै वडामा माओवादी केन्द्रको प्यानल नै विजयी भएको हो ।