• १४ वैशाख २०८१, शुक्रबार

निर्वाचनले ज्येष्ठ नागरिकमा ऊर्जा : १२० वर्षसम्मकाले गरे मतदान

blog

काठमाडौँ, वैशाख ३१ गते  । वृद्धावस्थामा कक्रिएको ज्यान र बिरामीका कारण विस्तरामै रहनुभएका ज्येष्ठ नागरिकलाई पनि स्थानीय तहको निर्वाचनले ऊर्जा प्रदान ग¥यो । १८ वर्षभन्दा माथिकाले मतदानको अधिकार पाएकोमा उहाँहरू त्यसमा दाबेदार त हुनुहुन्थ्यो नै उहाँहरूको लोकतन्त्रको अभ्यास गर्ने इच्छाशक्तिले उहाँहरूलाई बिस्तराबाट मतदान केन्द्रसम्म पु-यायो । 

उहाँहरूमध्ये कतिपय सय वर्ष नाघेका हुनुहुन्थ्यो । कतिपय लौराको भरमा त कतिपय छोरानातिका साथ मतदान गर्न जानुभएको थियो । शुक्रबार भएको स्थानीय तह निर्वाचनमा भने उहाँहरू तन्नेरीकै जोशमा मतदानस्थलमा भेटिनुभयो । उहाँहरूको उपस्थिति देशव्यापी जस्तै रह्यो ।

ओखलढुङ्गा जिल्लाको मोलुङ गाउँपालिका–६ श्रीचौका १२० वर्षीय वृद्ध जितबहादुर तामाङले मतदान गर्नुभयो । यो नै शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनमा सबैभन्दा बढी उमेरका मतदाताबाट भएको मतदान हो । 

उहाँले आफूले चाहेको जनप्रतिनिधि चुन्न पाउँदा खुसी लागेको तामाङले बताउनुभयो । परिवारका सदस्यको सहायतामा उहाँले कालिका माध्यमिक विद्यालय भालुथुम्का पुगेर मतदान गर्नुभएको हो । 

त्यस्तै मोरङको सुन्दरहरैँचा नगरपालिका–७ की ११३ वर्षीया महेश्वरा अधिकारी र सोही उमेरकी तनहुँ भानु नगरापालिका–५, सेपाबगैँचाकी ११३ वर्षीया गोपीमाया पोखरेलले पनि छोरानातिको सहारा लिँदै मतदान गर्नुभयो । एक भोटले पनि हार र जित हुने भएकाले मतदानको ठूलो महìव हुनेहुँदा आफूले चाहेको उम्मेदवारलाई भोट दिन हजुरआमाले चाहेको नाति भरत पोखरेलले बताउनुभयो ।

इलामको  सूर्याेदय नगरपालिका वडा नं १४ लक्ष्मीपुरकी ११० वर्षीया विष्णुमाया अधिकारी, प्युठान नगरपालिका वडा नं ३ की १०४ वर्षीया दुर्मती पुन मगर, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका २ की १०२ वर्षीया यशोदादेवी पनेरूले पनि मताधिकारको उपयोग गर्नुभयो । पञ्चायती व्यवस्थादेखि भोट हालेको स्मरण गर्दै उहाँले भन्नुभयो– अहिले चाहिँ किन छाड्ने ? 

दाङको राप्ती नगरपालिका ३ की १०४ वर्षीय कमला शर्मा, तनहुँको व्यास नगरपालिका गल्फु बस्तीका १०२ वर्षीय कृणप्रसाद पण्डित, ललितपुर महानगरपालिकाको वडा नम्बर २३ धापाखेलका १०० वर्षीय प्रजातान्त्रिक आन्दोलनका सेनानी श्रीप्रसाद थापा र भक्तपुर नगरपालिका २ की १०० वर्षीया लतं क्वारी सुलुले आफूले रोजेको पार्टीका उम्मेदवारलाई मतदान गरेर आफ्नो सरकारको प्रतिनिधि चुन्नुभयो । 

उठ्नसम्म नसक्ने अवस्थामा रहनुभएका तनहुँ जिल्ला व्यास नगरपालिका–८, रिस्तीका ९९ वर्षीय वृषसिंह गुरुङ स्ट्रेचरमा सुतेरै भए पनि मतदान गर्न पुग्नुभयो । यो दृश्यले पनि एक मतको महìव हरेक स्थानीय तहमा निकै ठूलो रहेको झल्कायो ।

काठमाडौँको टेबहालस्थित सङ्कटा मतदान केन्द्रमा मत दिन आउनुभएकी तीर्थमाया महर्जनको उत्साह हेर्न लायकको थियो । उहाँले दिएको मतदानको फोटो खिच्नेलाई ९९ वर्षीया महर्जनले औँलामा लगाएको मसी देखाउँदै भन्नुभयो, “उहिल्यैदेखि भोट हालेकी छु, सकुन्जेल हाल्छु ।” 

उहाँ टेबहालकै सबैभन्दा ज्येष्ठ नागरिक हुनुहुन्छ । काठमाडौँ महानगरपालिका वडा नम्बर २३ मा छ हजार मतदाता छन् । गणेशभाटे तण्डुकार ८१ वर्ष र शान्तिदेवी तण्डुकार ७९ वर्षका दम्पती मतदान गरेर चौतारोमा सुस्ताउँदै हुनुहुन्थ्यो । मतदान गर्नु आफ्नो मात्र नभई वडाकै लागि पनि जिम्मेवारी भएको तण्डुकारले सुनाउनुभयो । सोही वडाकै ७८ वर्षीया वृद्धा मचानानी डङ्गोलका लागि आफ्नै भतिज चुनावमा उठेकाले यो चुनाव अझ महìवपूर्ण रह्यो । 

काठमाडौँकै वसन्तपुर दरबार परिसरमा पनि ज्येष्ठ नागरिकहरूको छुट्टै माहोल थियो । त्यहाँ स्थानीय मात्र हैन विदेशबाट घुम्न आएका पाहुनाले पनि नेपालको मतदान प्रक्रियाको आनन्द लिन भ्याए । ह्विलचियरमा आउनुभएका ९४ वर्षीय मोतीरत्न बज्राचार्यले मध्य दिनमा मतदान गर्नुभयो । शरीर कुप्रँदै गए पनि मतदानको रहरले ८६ वर्षीया लक्ष्मीदेवी शाक्यलाई छाडेन । ८८ वर्षका वयोवृद्ध दम्पती बाबुकाजी श्रेष्ठ र सान्नानी श्रेष्ठका पनि जोडी नै वसन्तपुर पुगेर मतदान गर्नुभयो ।

(सलिम मिया, अमरराज नहर्की, प्रेम अधिकारी, शेरबहादुर राईको सहयोगमा ।)