• १२ वैशाख २०८१, बुधबार

‘२ नम्बरी’को छायाङ्कन सकियो

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, वैशाख ३१  गते । चलचित्र ‘२ नम्बरी’ को छायाङ्कन सकिएको छ । कास्कीको ल्वाङ गाउँमा गीतसहित २६ दिनमा सम्पूर्ण छायाङ्कनको काम पूरा भएको चलचित्रका निर्देशक दीपेन्द्र लामाले जानकारी दिनुभयो । 

निर्देशक लामाको यो चौथो चलचित्र हो । चलचित्रमा सौगात मल्ल, दयाहाङ राई, उगेन छोदेन, बुद्धि तामाङ, उपासना सिंह ठकुरीलगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्रका प्रस्तुतकर्ता किरण नेपाली हुनुहुन्छ भने चलचित्रको छायाङ्कन पोखराको आसपासमै सकिएको हो । चलचित्र कात्तिक ४ मा प्रदर्शन हुनेछ । चलचित्रका निर्माता गण्डकी प्रदेशका खेलकुदमन्त्री राजीव गुरुङ र अमलादेवी राई हुनुहुन्छ ।