• १३ साउन २०८१, आइतबार

उम्मेदवारको गाडीले ठक्कर दिँदा एक जनाको ज्यान गयो

blog

अस्पतालमा खत्रीको शव हेर्नुहुँदै अर्थमन्त्री जनार्दन शर्मा। तस्बिरः राजु लामिछाने

रुकुम पश्चिम, वैशाख ३० गते। रुकुम पश्चिममा गाउँपालिका अध्यक्षका उम्मेदवार चढेको गाडीले ठक्कर दिँदा घाइते भएका एक वृद्धको ज्यान गएको छ। जिल्लाको बाँफिकोट गाउँपालिका ७ का अन्दाजी ६२ वर्षका पर्जे खत्रीको उपचारका क्रममा ज्यान शुक्रबार मृत्यु भएको हो।

 जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार बाँफिकोट ७ को नेपाल राष्ट्रिय माध्यमिक विद्यालय ढारवाङमा नेपाली कांग्रेसका तर्फबाट गाउँपालिका अध्यक्षका उम्मेदवार रहेका जनककुमार बाँठाले निर्वाचनको लागि अनुमति लिएको गाडीले ठक्कर दिएको हो। 

मतदानको दिन सबै मतदान केन्द्रमा पुग्ने क्रममा बाँठा त्यहाँ पुगेको बेला माओवादी केन्द्रका कार्यकर्ताले हुलदंगा गर्न खोजेपछि गाडि फर्काउने क्रममा खत्रीलाई ठक्कर दिएको थियो। 

गाडीको ठक्करबाट घाइते भएका खत्रीलाई उपचारको लागि जिल्ला अस्पताल सल्ले ल्याइएको र उपचारको क्रममा ज्यान गएको नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश संयोजक बिमला केसीले जानकारी दिनुभयो।