• १९ असोज २०८१, शनिबार

कोशी प्रदेशमा छिटपुट वर्षा

blog

धरानमा एक घण्टाअघि परेको पानी। तस्बिर : बाबुराम कार्की

बाबुराम कार्की

वराहक्षेत्र, असोज १६ गते। बङ्गालको खाडीबाट आएको मनसुनले भारतीय क्षेत्रमा वर्षा भइरहेको र त्यसैको प्रभावले पूर्वी नेपालको विभिन्न स्थानमा छिटपुट वर्षा भएको जल तथा मौसम विभाग पूर्वानुमान महाशाखाले जनाएको छ।

तीन घण्टा पहिले कोशीका विभिन्न स्थानमा वर्षा भए पनि यो समाचार तयार पार्दासम्म पानी नपरेको जल तथा मौसम विभाग पूर्व अनुमान महाशाखाकी वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभएको छ। 

अविरल वर्षा रोकिएको दुई दिनपछि सुनसरीसहित आसपासका जिल्लाका विभिन्न स्थानमा वर्षा बुधबार वर्षा भएको छ। सुनसरीको धरान दिउँसो वर्षा भएको जल तथा मौसम विज्ञान कार्यालय धरानले जनाएको छ। 

बुधबार धनकुटामा ०.२ मिलिमिटर, मोरङको केराबारीमा ४.४, इलामको राँकेमा ३.८ मिलिलिटरसहित कोशी प्रदेशमा विगत १२ घण्टामा ७.८ मिलिमिटर पानी परेको जल तथा मौसम विभाग पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो। 

उहाँका अनुसार कोशी प्रदेशमा वर्षाको सम्भावना भए पनि भारी वर्षाको सम्भावना कम रहेको छ। कोशी प्रदेशका विभिन्न स्थानमा हल्का वर्षाको भने सम्भावना रहेको उहाँले जनाउनुभएको छ। कोशी प्रदेशको पहाडी क्षेत्रहरूमा वर्षा नभएको जल तथा मौसम विभागले जनाएको छ।