• १५ असोज २०८१, मङ्गलबार

प्रधानमन्त्री केपी ओलीको सम्बोधन

blog

देशवासीलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री केपी शर्मा ओली ।

काठमाडौँ, असोज १५ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा मङ्गलबार पत्रकार सम्मेलनको आयोजना गर्नुभएको छ ।

अमेरिकामा भएको संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा  भाग लिएर प्रधानमन्त्री ओली सोमबारमात्रै स्वदेश फर्किनुभएको हो । यसलगत्तै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बोलाउनु भएको थियो । बैठकले अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानबाट निधन भएका परिवारका सदस्यलाई कार्यविधि अनुसार जनही दुई लाखका दरले सहायता उपलब्ध गराउने निर्णय गरेको थियो ।

यसैगरी, प्रधानमन्त्रीसहित मन्त्रीहरूको एक महिनाको तलब राहतकोषमा जम्मा गर्ने र आजबाट तीन दिन राष्ट्रिय शोक घोषणासहित राष्ट्रिय झण्डै आधा झुकाउने मन्त्रिपरिषद् बैठकले सोमबार निर्णय गरेको थियो ।