• १४ वैशाख २०८१, शुक्रबार

मुख्यमन्त्री शाहीद्वारा मान्धारा माविको भकुण्डामा मतदान

blog

राजन रावल
हुुम्ला, वैशाख ३० गते ।
कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुुर शाहीले स्थानीय तह निर्वाचनका लागि मतदान गर्नुभएको छ । उहाँले खार्पुनाथ गाउँपालिका–५ को मानधारा मावि भकुण्डाको मतदान केन्द्रमा मतदान कार्य गर्नुभएको हो ।

मुख्यमन्त्री शाहीले बिहान मौसम बिग्रिएको कारण ढिलै गरी मतदान कार्य गरिएको बताउनुुभयो । बिहान पानी परेको कारण मतदान स्थल जान समस्या भएको र वर्षा रोकिएपछि मतदान कार्य उहाँले गर्नुभएको हो ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा सङ्घीय सरकारको खानेपानी मन्त्री भएको बेला हुम्लामा आउनुु भएको भए पनि मतदान गर्नुभएको थिएन । तर यस पटक मुख्यमन्त्री शाहीले मतदान कार्यमा सहभागिता जनाउन एक हप्ता अगाडि हुम्ला आई पुुग्नुुभएको थियो ।

मतदाताले उत्साहपूर्वक मतदान कार्यमा सहभागिता जनाएको भन्दै उहाँले खुसी व्यक्त गर्नुभयो । उहाँले मतदाताले सक्षम र स्वच्छ व्यक्तिलाई चयन गर्नुपर्ने पनि बताउनुुभयो । मुख्यमन्त्री शाहीले आफ्नो जन्म थलो खर्पेल गाउँबाट आधा घण्टा पैदल हिँडेर मतदान कार्य गर्नुभएको हो ।