• १३ साउन २०८१, आइतबार

निर्वाचन आयुक्तहरूबाट मतदान

blog

काठमाडौं, वैशाख ३० गते । स्थानीय तह निर्वाचनको क्रममा आज बिहान ७ बजेबाट सुरु भएको मतदानमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहितका आयुक्तहरूले मतदान गर्नुभएको छ ।

प्रमुख आयुक्त थपलियाले भक्तपुर जिल्लाको मध्यपुरठिमी वडा नं. १ को लोकन्थली उपस्वास्थ्य चौकीस्थित निष्ट स्कुलमा रहेको मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । यसैगरी, आयुक्त इश्वरीप्रसाद पौडेलले ललितपुर जिल्लाको टीका विद्याश्रम मावि सानेपाबाट मतदान केन्द्रबाट मतदान गर्नुभएको जानकारी हाम्रा समाचारदाता केशव गुरुङले जानकारी दिनुभएको छ ।


यसैगरी, आयुक्त रामप्रसाद भण्डारीले काठमाडौं जिल्लाको अनामनगरस्थित मिलन मन्दिर स्कुल मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।



यस्तै, आयुक्त डा. जानकी कुमारी तुलाधरले लमजुङ जिल्लाको सुन्दर बजार नगरपालिका वडा नं. २ परेवा डाँडाको महेन्द्र मन्दिर मतदान केन्द्रबाट मतदान गर्नुभएको जानकारी प्राप्त भएको छ ।

यसैगरी, आयुक्त सगुन शमशेर जबराले काठमाडौंको टोखानगरपालिका वडा नं. ४ फैमालचुलीस्थित धापसी निमाविबाट मतदान गर्नुभएको छ । यस्तै, आयोगका सचिव गोकर्णमणि दवाडीले काठमाडौंको नागार्जुन नगरपालिकास्थित रिडमोडल कलेज ठूलो भ¥याङ स्वयम्भु मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।