• १३ असोज २०८१, आइतबार

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर

blog

१. सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानबिन आयोगसम्बन्धी (टिआरसी) विधेयक कहिले प्रमाणीकरण भयो ? 

२०८१ भदौ १३

विधेयक प्रमाणीकरण सँगै ऐनका लागि भएको दशकको प्रयासले पूर्णता पाएको छ । यससँगै नेपालको सङ्क्रमणकालीन न्यायको कानुनी आधार तयार भएको छ । 

विधेयक प्रतिनिधि सभाबाट साउन ३० गते र राष्ट्रिय सभाबाट भदौ ६ गते पारित भएको थियो । 

विधेयक प्रमाणीकरणसँगै अब द्वन्द्वकालीन घटनासँग सम्बन्धित दुई आयोगको कार्य शीघ्र अघि बढ्ने अपेक्षा गरिएको छ । 

नयाँ कानुनले गम्भीर मानव अधिकार उल्लङ्घनका घटनामा पीडितको सहमतिबिना क्षमादान अस्वीकार गरेको छ । 

सङ्क्रमणकालीन कानुनमा पहिलो पटक परिपूरणलाई पीडितको अधिकारका रूपमा स्थापित गरिएको छ । 

२०६३ मा शान्ति प्रक्रिया सुरु भएपछि सेना समायोजन, हतियार व्यवस्थापनलगायतका काम भए पनि आयोगबाट हुनुपर्ने विषय र अन्य न्यायिक र परिपूरणका कार्य बाँकी रहेका छन् । 

नयाँ व्यवस्था अनुसार द्वन्द्वकालीन घटना वर्गीकरण (मानव अधिकारको गम्भीर उल्लङ्घन र मानव अधिकारको उल्लङ्घन) गरिएको छ । 

गम्भीर मानव अधिकार उल्लङ्घनमा क्षमादान सिफारिस हुने छैन । 

परिपूरणलाई अधिकारका रूपमा नै स्थापना गरिएको छ ।

द्वन्द्वकालीन घटनाका मुद्दा हेर्नका लागि छुट्टै विशेष अदालत गठन हुने छ । विशेष अदालतले गरेको फैसलाउपर सर्वोच्च अदालतमा पुनरावेदन हुने छ । 


२. मातृभूमि राष्ट्रिय सम्मान, २०८० कसलाई प्रदान गरियो ?

प्राडा जगमान गुरुङ 


३. यस वर्ष (२०८१) को डा. हरिहरदेव पन्त लघु उद्यमशील पुरस्कार कसलाई प्रदान गरियो ?

अनुजासिंह राठौर (लघुउद्यमी, नेपालगन्ज) 

राठौरलाई लुम्बिनी प्रदेशको सर्वोत्कृष्ट लघुउद्यमी घोषणा गर्दै यस वर्षको डा. हरिहरदेव पन्त लघुउद्यमशील पुरस्कार प्रदान गरियो । 

सो पुरस्कारको राशि ५० हजार रुपियाँ रहेको छ ।


४. रुद्राक्षका लागि प्रसिद्ध ठाउँ कहाँ हो ?

भोजपुर र सङ्खुवासभा (भोजपुर र सङ्खुवासभालाई रुद्राक्षको राजधानी भनेर पनि चिनिने ।)


५. विश्वमा नाइट्रोजन ग्यास प्रयोग गरी मृत्युदण्ड दिइएका पहिलो व्यक्ति को हुन् ?

कनिथ युजिन स्मिथ 

सन् २०२४ जनवरी २५ मा अमेरिकाको अलाबामा राज्यले स्मिथलाई नाइट्रोजन ग्यास प्रयोग गरी मृत्यु दण्ड दिएको हो । 


६. पशुपतिस्थित विद्युतीय शवदाह कार्य कहिले देखि निःशुल्क गरिएको हो ?

विसं २०८१ साउन १


७. संयुक्त राष्ट्रसङ्घका महासचिवले भाग लिन नपाउने अङ्ग कुन हो ?

अन्तर्राष्ट्रिय न्यायालय 


८. हाल उत्तर एट्लान्टिक सन्धि सङ्गठनको सदस्य राष्ट्र कति रहेका छन् ?

३१ 


९. सिएनएन हिरो घोषित हुने पहिलो नेपाली को हुन् ?

अनुराधा कोइराला (सन् २०१०)

दोस्रो नेपाली : पुष्पा बस्नेत, सन् २०१२


१०. लोकतन्त्र योद्धा सम्मान २०८० बाट कसलाई सम्मान गरियो ?

मुकेश कायस्थ


११. आनुवंशिक रूपमा परिमार्जित सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका पहिलो व्यक्ति को हुन् ?

रिचर्ड स्लेम्यान 

प्रत्यारोपण सन् २०२४ मार्च १६ मा गरिएको हो ।


१२. अल्पसङ्ख्यक झाँगड समुदायबाट पहिलो पटक मन्त्री बन्न सफल व्यक्तित्व को हुन् ?

बन्दना झाँगड (राज्यमन्त्री, कोशी प्रदेश)


१३. पवित्र तीर्थस्थल एवं पर्यटकीय क्षेत्र देवघाट कुन–कुन नदीको सङ्गमस्थलमा रहेको छ ?

कालीगण्डकी र त्रिशूली 

चितवन, नवलपुर र तनहुँ जिल्लाको सङ्गमस्थलमा अवस्थित यो ठाउँ नारायणगड बजारदेखि करिब सात किमी उत्तरमा रहेको छ । दामोदर कुण्डबाट बगेर आउने कालीगण्डकी र गोसाइँकुण्डबाट बगेर आउने त्रिशूलीसँगै सेती, मस्र्याङ्दी, दरौँदी, मादीलगायतका नदी पनि मिसिएर यहाँ आइपुग्छन् । यस पवित्र भूमिमा शिव भगवान्का साथै ऋषिमुनिले तपस्या गरेको चर्चा पुराणहरूमा उल्लेख छ । प्राचीन समयमा अयोध्याका राजा रामचन्द्रका गुरु वशिष्ठले यहाँ तपस्या गरेको विmंवदन्ती रहेको छ । यहाँ वशिष्ठको मूर्ति पनि छ । रामचन्द्र वनवास बस्दा सीताको असली रूपलाई यहीँ लुकाएर राखिएको थियो भन्ने विश्वास गरिन्छ ।

यहाँ स्नान गर्नाले ठुलो यज्ञ गरेको, गाईदान गरेको, चारधाम तीर्थ गरेको भन्दा धेरै पुण्य मिल्ने विश्वास रहेको छ ।

माघे सङ्क्रान्ति, वैशाख सङ्क्रान्ति, ठुली एकादशी, बालाचतुर्दशीलगायत पर्वहरूमा यहाँ मेला लाग्ने गर्छ ।


१४. राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन कोप–२९ को आयोजना मिति कुन हो ?

सन् २०२४ नोभेम्बर ११–२२, बाकु, अजरबैजान 


१५. ट्राभल वेबसाइट ट्रिप एड्भाइजरद्वारा प्रकाशित उत्कृष्ट १० प्राकृतिक गन्तव्य (सन् २०२४) मा पहिलो नम्बरमा पर्न सफल गन्तव्य कुन हो ?

काठमाडौँ


१६. सगरमाथा क्षेत्रको कालापत्थरमा ५३१७ मिटर उचाइबाट रुकाइ डाइभ गरी महिलातर्फ नयाँ रेकर्ड कायम गर्दै गिनिज बुकमा नाम लेखाउन सफल व्यक्तित्व को हुन् ?

शीतल महाजन (भारत), सन् २०२३ नोभेम्बर


१७. नेपालमा फाइब–जी सेवाको आन्तरिक परीक्षण सुरुवात कहिलेदेखि भएको हो ?

विसं २०७९ माघ २२


१८. नेपाल राष्ट्र बैङ्कको अनुसन्धान विभागले प्रकाशित गरेको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) सम्बन्धी सर्वेक्षण प्रतिवेदनका अनुसार नेपालमा कति देशको प्रत्यक्ष वैदेशिक लगानी रहेको छ ? 

५८ 

राष्ट्र बैङ्कले २०८१ भाद्रमा प्रकाशित गरेको सर्वेक्षण प्रतिवेदन अनुसार २०८० असार मसान्तसम्ममा नेपालमा ५८ देशको प्रत्यक्ष वैदेशिक लगानी रहेको छ । 

प्रत्यक्ष वैदेशिक लगानी रहेका प्रमुख पाँच राष्ट्र 

भारत : रु. १०३ अर्ब ४५ करोड (३५ प्रतिशत) 

चीन : रु. ३५ अर्ब ४६ करोड (१२ प्रतिशत) 

आयरल्यान्ड : रु. २२ अर्ब ६२ करोड (७.७ प्रतिशत)

अस्ट्रेलिया : रु. १९ अर्ब छ करोड (६.४ प्रतिशत)

सिङ्गापुर : रु. १८ अर्ब ८१ करोड (६.४ प्रतिशत)

एफडीआई कुन प्रदेशमा कति ? 

बागमती : ५९.७ प्रतिशत

गण्डकी : १५.१ प्रतिशत

कोशी : १४.७ प्रतिशत

मधेश : ८.८ प्रतिशत

लुम्बिनी : १ प्रतिशतभन्दा कम

कर्णाली : १ प्रतिशतभन्दा कम

सुदूरपश्चिम : १ प्रतिशतभन्दा कम


१९. हाल गिनिज बुक अफ वल्र्ड रेकर्ड कति भाषामा प्रकाशित हुन्छ ?

३७ 


२०. अमेरिकाको इतिहासमा फौजदारी अभियोग खेप्ने पहिलो राष्ट्रपति को हुन् ?

डोनाल्ड ट्रम्प 


२१. विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले नुनको दैनिक उपभोगको मात्रा प्रतिव्यक्ति कति निर्धारण गरेको छ ?

३ देखि ५ ग्राम 


२२. इन्टरपोलको सदस्यता नेपालले कहिले प्राप्त गरेको हो ?

सन् १९६७ सेप्टेम्बर २७


२३. महान्यायाधिवक्ताको नियुक्ति कसरी गरिन्छ ?

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट


२४. कुनै एउटा वंशबाट अर्को वंशमा वंशाणुबाट सर्दै गएको परिवृत्तिलाई के भनिन्छ ?

वंशाणुगत परिवृत्ति


२५. नेपाल, भारत, भुटान तथा बङ्गलादेशमा सिधा बस सेवा सञ्चालन सम्बन्धमा गरिएको सम्झौतालाई के भनी चिनिन्छ ?

बिबिआईएन इनिसिएटिभ 


२६. नेपालको प्रमुख खाद्यान्न बाली धान हो भने दोस्रो प्रमुख खाद्यान्न बाली कुन हो ?

मकै


२७. विश्वको सबैभन्दा लामो टे«किङ रुट ‘द ग्रेट हिमालयन टे«ल’ कुन देशमा रहेको छ ?

नेपाल


२८. नेपालमा चराको स्वर्ग भनी कुन ठाउँलाई चिनिन्छ ?

कोशी टप्पु वन्यजन्तु आरक्ष


२९. नेपालमा कागजी नोटको प्रचलन कसको पालादेखि सुरु भएको हो ?

जुद्धशमशेर


३०. संयुक्त राष्ट्रसङ्घ अन्तर्गत जलवायु परिवर्तन सम्बन्धमा आवश्यक नीति निर्माण एवं वैज्ञानिक तथ्यहरूको विश्लेषण गर्ने उद्देश्यका साथ अन्तरदेशीय निकाय (आइपिसिसी) को गठन कहिले गरिएको हो ?

सन् १९८८

प्रस्तुतकर्ता : टङ्क केसी