शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
सुजल श्रेष्ठ
प्युठान, मंसिर ४ गते । गाडी दुर्घटनापछि फरार भएका एक चालकलाई प्रहरीले पक्राउ गरेको छ । गौमुखी गाउँपालिका –५ ठुलावेशीमा मंसिर १ गते भएको जिप दुर्घटनामा फरार चालकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।
मदाने गाउँपालिका –१ गुल्मी निवासी २३ वर्षीय विनोद कुँवरलाई पक्राउ गरिएको सूचना अधिकारी एवं प्रहरी निरीक्षक युवनकुमार चौधरीले जानकारी दिनुभयो । प्रहरीले गरेको अनुसन्धानमा कुँवरले गाडी चलाएको खुल्न आएकाले मुद्दा दर्ता गरिएको उहाँले बताउनुभयो ।
अनुसन्धान सवारी ज्यानसम्वन्धी कसुरमा मुद्दा दर्ता गरी विहीबार प्युठान जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरिएको प्रहरी निरीक्षक चौधरीले जानकारी दिनुभयो । लु.प्र.०१–००१ च३५०२ नम्वरको जिप दुर्घटनामा मदाने गाउँपालिका –१ गुल्मीका १२ वर्षीय सुजन खत्रीको मृत्यु भएको थियो ।