• २३ भदौ २०८१, आइतबार

क्यान्सर पीडितलाई एक लाख ७८ हजार सहयोग

blog

इन्द्रमाया सुहाङलाई सहयोग रकम हस्तान्तरण गर्नुहुँदै नरेन्द्रराज केरुङ।

राधा लुइटेल

फिदिम,भदौ २३ गते।  पाँचथरको हिलिहाङ गाउँपालिका–७ की एक महिलालाई क्यान्सरको उपचार गर्न एक लाख ७८ हजार ९ सय दुई रुपियाँ सहयोग जुटेको छ।   

६८ वर्षीय इन्द्रमाया केरुङ सुहाङ फोक्सोको क्यान्सरबाट पीडित हुनुहुन्छ।   हाल सदरमुकाम फिदिममा बस्दै आउनुभएकी उहाँ एक वर्षअघिदेखि भारतको शिलिगुडीमा उपचार गराइरहनु भएको छ।  

आर्थिक अवस्था कमजोर भएका कारण देश विदेशमा रहेका नेपालीले रकम सङ्कलन गरेर उहाँलाई हस्तान्तरण गरेका हुन्।  

उहाँको उपचार सहयोगार्थ दक्षिण कोरियामा रहनुभएका प्रदीप केरुङ, इजरायलबाट सङ्गीता आङ्बो, कुवेतमा मिना केरुङ (फुङवाना) र नेपालबाट नरेन्द्रराज केरुङले रकम सङ्कलन अभियान चलाउनुभएको थियो।   यसरी सङ्कलित रकम आइतबार सुहाङलाई हस्तान्तरण गरिएको हो।