• १७ असार २०८१, सोमबार

धनगढी उपमहानगरपालिकामा वडकै आवश्यकता : नेत्री देउवा

blog

डा. आरजु राणा देउवा ।

प्रकाशविक्रम शाह

धनगढी, वैशाख १९ गते । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले धनगढीका नगर प्रमुख नृपहादुर वडले देशभरमै उत्कृष्ट काम गरेकोले फेरि वडलाई नै उम्मेदवार बनाइएको बताउनुभएको छ । ‘अघिल्लो स्थानीय चुनावमा काँग्रेसले कम ठाउँमा जितेको थियो तर धनगढी उपमहानगरपालिका र ललितपुर महानगरपालिकामा देशभरकै उत्कृष्ट काम भएको छ', सोमबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले भन्नुभयो–यस्तो राम्रो काम गर्नेको विकल्प सोच्न पनि सकिँदैन ।’ 

;धनगढी भनेको मुख्य सडक मात्र होइन, गाउँगाउँमा धेरै काम भएको छ', उहाँले भन्नुभयो, 'विगतमा केन्द्र र प्रदेशमा काँग्रेसको सरकार नहुँदा पनि वडले राम्रो काम गर्नुभयो ।' नेत्री देउवाले वडकै कारण धनगढीमा होटल, रेष्टुरेन्ट बढेर व्यापार पनि राम्रो भएको चर्चा गर्नुभयो । नगरप्रमुख हुँदा वडले गरेका काम सबैतिर चर्चा हुन्छ, हामीले गर्व गर्नुपर्छ । तर, हामी काँग्रेसले प्रचार गर्न जान्दैनौ', उहाँले भन्नुभयो । 

धनगढी उपमहानगरमा वडले गरेका कामको विवरण सुनाउँदै नेत्री देउवाले भन्नुभयो, 'हामी सरकारमा नहुँदा पनि कोभिडमा उहाँले लाखौलाई खाना खुवाएर देशभर पठाउने व्यवस्था गर्नुभयो । वड निर्वाचित भएपछि आफूले काँग्रेसको नगर प्रमुख छ भनेर धेरै काम ल्याउन सक्ने उहाँकाे दाबी छ। उपमहानगरले विद्यालय भवन, पुल पुलेसामा पनि उल्लेख काम गरेको पनि उहाँको भनाइ छ । 

वडजी दलित समुदायबाट आएर नेतृत्व गर्नु भनेको ठूलो कुरा हो, त्यसैले उहाँलाई अझै मौका दिनुपर्छ', नेत्री देउवाले भन्नुभयो, 'वडले जित्नु हुन्छ र हामी धनगढीलाई महानगरपालिका बनाउने बाटोमा लाग्ने छौँ । एउटै परिवारमै पनि कुरा मिल्दैन, पार्टीमा पनि मतभेद हुन्छन् तर मतभेद भयो भन्दैमा पार्टीलाई हराउन लाग्नु हुँदैन उहाँले काँग्रेस कार्यकर्तालाई आग्रह गर्नुभयो । हामी सबै मिलेर काँग्रेस जिताउन लागौँ ।' 

उहाँले एमाले अध्यक्ष केपी ओलीले संविधान विरोधी गतिविधी गरेका कारण अहिलेको गठबन्धन बनेको बताउदै, संविधानको रक्षा गर्न एउटै घर जस्तो भएको गठवन्धनलाई जिताउन पनि आग्रह गर्नुभयो । गठवन्धन भएकोले एक अर्काको पार्टीमा भोट हाल्न कठिनाइ मान्नु हुन्न भन्ने आग्रह पनि नेत्री देउवाको छ । उहाँले धनगढीको उपप्रमुख लड्नु भएकी माओवादी नेतृ शान्ती अधिकारी लगनशील,  इमान्दार र सामाजिक अभियन्ता भएकोले जिताउनु पर्ने जिकिर गर्नुभयो । 

उहाँले पार्टी प्रणालीमा कुनै स्वतन्त्र उम्मेदवार जितेर पनि केही गर्न नसक्ने भएकोले गठबन्धनका प्रमुख,  उपप्रमुख र वडाअध्यक्षलाई जिताउन आग्रह गर्नुभयो ।