• २० असोज २०८१, आइतबार

मूल्य नपाउँदा किसान चिन्तित

blog

सर्लाही समाचारदाता

सर्लाही, वैशाख १९ गते  । सर्लाहीको कृषि उपज थोक बजार लालबन्दीमा किसानले उत्पादन गरेर ल्याएको बोडीले मूल्य पाउन छाडेको छ । केही दिनअघिसम्म थोरै मात्र आउने बोडी विगत एक सातादेखि भने बजारमा अत्यधिक भित्रिन थालेको हो । बोडी उत्पादनको मुख्ययाममा मूल्य भने नपाउँदा किसान निराश छन् । 

कृषिउपज थोक बजार समिति लालबन्दीका व्यवस्थापक शम्भु घिमिरेले हरेक दिन बिहान बजारमा मिटर बोडी बोकेका साइकल, मोटरसाइकल, ई–रिक्सालगायत सवारीसाधनको लर्काे लाग्ने गरेको जानकारी दिनुयभो । उत्पादन बढेसँगै केही दिनयता लालबन्दीमा १०० क्विन्टल हाराहारी मिटर बोडीको किनबेच हुने गरेको घिमिरेले बताउनुभयो । बोडीको उत्पादन बढे पनि मूल्य भने ह्वात्तै घटेपछि किसान निकै चिन्तित बनेका छन् । चार दिनअघिसम्म प्रतिकिलो ४० रुपियाँ रहेको बोडी एक सातायता ३० बाट २० हुँदै १५ रुपियाँमा व्यापारीलाई बिक्री गर्न बाध्य भएका छन् । बजारमा बोडी बढी भएपछि व्यापारी मिलेर मूल्य घटाएको किसानको गुनासो छ । १०० रुपियाँ प्रतिकिलोसम्म बेचेका किसान अहिले १५ रुपियाँमै बोडी दिनुपर्दा निराश भएका छन् । 

लालबन्दी नगरपालिका–११, हीरापुरका किसान राममिलन रायले बोडीको मूल्य निरन्तर घट्दै जाँदा उत्पादन लागत उठाउन पनि मुस्किल पर्ने अवस्था आएको गुनासो गर्नुभयो । लालबन्दीमा उत्पादन भएको बोडी काठमाडौँ, पोखरासहित देशका प्रमुख सहरमा जाने गरेको छ ।