• १० मंसिर २०८१, सोमबार

काठमाडौँ महानगरमा चार वडा सदस्य निर्विरोध

blog

काठमाडौं, वैशाख १८ गते। काठमाडौँ महानगरमा ४ जना वडा सदस्य निर्विरोध निर्वाचित हुनुभएको छ। स्थानीय तह सदस्य निर्वाचन कार्यक्रमअन्तर्गत वैशाख ११ र १२ गते भएको मनोनयन दर्ताका क्रममा वडा १८, २२, २३ र २७ गरी ४ वटा वडाबाट दलित महिला सदस्य पदमा १/१ जनाको मात्र उम्मेदवारी परेकोले उहाँहरु निर्विरोध हुनुभएको मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले जानकारी दिनुभयो। 

यसरी निर्वाचित हुनु हुनेमा वडा १८ की अम्बिका सुनार, २२ की गीता परियार, २३ की कञ्चना नेपाली (हरिजन) र २७ की प्रभा परियार हुनुहुन्छ। वडा १८, २२ र २७ मा नेकपा एमालेबाट मात्र उम्मेद्वारी परेको थियो भने वडा २३ वाट नेपाली कांग्रेसबाट मात्र उम्मेद्वारी परेको थियो।