• १२ असार २०८१, बुधबार

भैरहवा विमानस्थलमा दुर्घटनाबाट जोगियो बुद्ध एयर

blog

भैरहवा बिमानस्थल । तस्बिर : गोरखापत्र

सिद्धार्थनगर, वैशाख १७ गते । भैरहवाबाट यात्रु बोकेर काठमाडौँ जान लागेको बुद्ध एयरको विमान दुर्घटना हुनबाट जोगिएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट काठमाडौँको लागि उड्न रनवेमा गुडिरहेको बुद्ध एयरको जहाजको आगाडिको टायर पन्चर भएको हो ।

सो विमानमा ७० जना यात्रु रहेको विमानस्थलमा खटिएको प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी नै छ । घटनापछि भैरहवा विमानस्थल बन्द भएको छ । भैरहवामा अवतरण गर्न लागेको अर्काे विमान काठमाडौँ फिर्ता भएको छ ।