• १४ वैशाख २०८१, शुक्रबार

एमालेले टुङ्ग्यायो लमजुङको ८ वटै पालिकाको उम्मेदवार

blog

बेलिना थापा
लमजुङ, वैशाख १२ गते ।
नेकपा एमालेले लमजुङका ८ वटै स्थानीय तहका उम्मेदवारको टुङ्गो लगाएको छ ।

चार नगरपालिका र चार गाउँपालिकाको प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्षको टुङ्गो लागेको नेकपा एमाले गण्डकी केन्द्रीय सदस्य मायानाथ अधिकारीले बताउनुभयो ।

आइतबार राति साढे ११ बजेबाट सोमबार बिहान साँढे ५ बजेसम्म नेकपा एमाले गण्डकी प्रदेश कमिटीको कार्यालयको बैठकले उम्मेदवार चयन गरेको हो ।

लमजुङ इन्चार्जसमेत रहनुभएको अधिकारीका अनुसार बैठकबाट बेंसीशहर नगरपालिकाको प्रमुखमा गुमानसिंह अर्याल र उपप्रमुखमा पद्मा गुरुङको नाम चयन गरेको छ ।

मध्यनेपाल  नगरपालिकाको प्रमुखमा राजकुमार श्रेष्ठ र उपप्रमुखमा सीता गुरुङको नाम चयन गरेको छ । यसैगरी, सुन्दरबजारको नगरपालिकाको प्रमुखमा भीमबहादुर गुरुङ र उपप्रमुखमा भवानी केसी, राईनास नगरपालिकाको प्रमुखमा सिंहबहादुर थापा, उपप्रमुखमा शोभा पन्थीलाई उम्मेदवार बनाएको छ ।

गाउँपालिकातर्फ दोर्दी गाउँपालिकाको अध्यक्षमा युवराज अधिकारी, उपाध्यक्षमा उषा गुरुङ, मर्स्याङ्दी गाउँपालिकाको अध्यक्षमा अर्जुन गुरुङ, उपाध्यक्षमा जुना थापा, क्व्होलासोंथर गाउँपालिकाको अध्यक्षमा सूर्यबहादुर गुरुङ, उपाध्यक्षमा गमीमाया गुरुङलाई उम्मेदवार बनाएको छ ।

यसैगरी, दूधपोखरी गाउँपालिकाको अध्यक्षमा तेजबहादुर गुरुङ र उपाध्यक्षमा कृष्णमाया गुरुङलाई उम्मेदवार बनाउने निर्णय बैठकले गरेको छ ।